बैतडीका स्टाफ नर्स पनि आन्दोलित, हातमा कालोपट्टि बाँधेर काम गर्दै

संवाददाता÷सुदूरखबर । बैतडी, पुस २८ । जिल्ला अस्पताल बैतडीका नर्सिङ स्टाफहरु आन्दोलित भएका छन् ।

नेपाल नर्सिङ संघको केन्द्रिय कार्यक्रम अनुसार बिहीबार देखी बैतडीमा पनि हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका हुन् ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत स्टाफ नर्स त्रजिना जतिमाथि भएको अन्यायको विरोधमा नर्सिङ सघले आन्दोलनका कार्यक्रम शुरु गरेको र संघर्षका कार्यक्रमलाई बैतडीमा सञ्चालन गरेको स्टाफ नर्स जमुना प्रटेलले बताउनुभयो ।

संघर्षका कार्यक्रम अनुसार बिहीबार जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई ज्ञापनपत्र बुझाइएको र शुक्रबार(आज) प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइने उहाँले जानकारी दिनुभयो ।

नर्सिङ संघको केन्द्रिय समितिको संघर्षका कार्यक्रम अन्तर्गत शुक्रबारदेखि ३० गते सम्म एक घण्टा काम नगर्ने, माघ १ देखि ३ गतेसम्म तीन घण्टा काम नगर्ने, माघ ४ गतेदेखि ६ गतेसम्म बिहान ४ बजेदेखि ८ बजेसम्म ड्युटी नगर्ने गरी आन्दोलनको कार्यक्रम तय भईसकेको जनाइएको छ ।

सोही कार्यक्रम अनुसार जिल्लामा पनि संघर्षका कार्यक्रम गरिने स्टाफ नर्स प्रटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *