जहाँ पानी पिउनकै लागि बिद्यार्थीले कक्षा छोड्नु पर्छ

विनादे सिंह बिष्ट/सुदूरखबर । बैतडी, २८ पुस । बैतडीको पाटन नगरपालिका वडा नं १ गुत्थडीमा रहेको सरस्वती आधारभूत विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीहरुले खानेपानीका लागि भौतारिनु परीरहेको छ ।

विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा आधा घण्टाको दुरीबाट खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको शिक्षक लक्ष्मण विसीले जानकारी दिनुभयो ।

कक्षा कोठामा पहिलो घण्टीको बिषयको पढाई सकिने बित्तिकै बालबालिकाहरु पानीका लागि दगुर्ने र खानेपानीका लागि टाढा जानु पर्ने भएकाले दोस्रो घण्टीमा पढाई हुने बिषयको समय त्यत्तिकै सकिएर जाने गरेको उहाँले बताउनुभयो ।

बिद्यालयमा खानेपानीको सुविधा उपलब्ध गराई दिन थुप्रै पहल गरिएपनि कसैले चाँसो नदिएको गुनासो गर्नुभयो ।

पिउनलाई खानी नपाईने उक्त बिद्यालयका शौचालयहरु प्रयोग विहिन छन् भने शिक्षक तथा विद्यार्थीहरु खुला रुपमा शौच गर्न बाध्य भएका छन् ।

कक्षा ८ सम्मको पढाई हुने सो विद्यालयमा १३५ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *