जंगली बँदेलले सकायो बारीको बाली

संवाददाता/सुदूरखबर । बैतडी, २८ पुस । बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ धुलिधारमा जंगली बँदेलले हिउँदेबाली र तरकारी खेती नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

बारीमा लगाएको आलु जंगली बँदलले रातीको समयमा खाएर सखाप गरेको स्थानीयबासी खेमराज अवस्थीले जानकारी दिनुभयो । आफ्नो जमीनमा लगाएको करीब २० हजार बराबरको आलु जंगली बँदलेले नष्ट गरेको दावी गर्नुभयो ।

जंगली बँदेलले खेतमा लगाएको बालीनाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । बारीमा लगाएको सबै बालीहरु जंगली बँदलले नष्ट गर्न थालेपछि उनीहरु हैरान बनेका हुन् ।

बैतडीका अधिकांश ठाउँमा जंगली बँदेलले बालीनाली नष्ट गर्ने गरेको छ । यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ४ रानीशिखरमा जंगली बदेलले उखुबाली नष्ट गरेको स्थानीबासी प्रकाश भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *