बैतडीका तीन ग्रामिण सडक कालोपत्रे हुँदै

संवाददाता/सुदूरखबर । बैतडी, २८ पुस । बैतडीमा चालु आर्थिक बर्षमा तीनओटा सडक कालोपत्रे गर्ने कार्य सुरु भएको डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ ।

जिल्लाको पाटन –पञ्चेश्वर, उग्रतारा मेलौली, सिल्लेगाडा–कटौजपानी सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भई कालोपत्रे गर्ने कार्य सुरु भएको डिभिजन सडक कार्यालय पाटन बैतडीका सवइन्जिनियर धर्मराज भट्टराईले जानकारी दिनुभयो ।

पाटन –पञ्चेश्वर सडक अन्तर्गत स्याडीगाडदेखि मेलौली सम्म कालेपत्रे हुने भएको छ ।

यस्तै उग्रतारा मेलौली सडकको ८ किलोमिटर कालोपत्रेका लागि ठेक्का भईसकेको छ भने सिल्लेगडा कटौजपानी सडकको ८ किलोमिटर कालेपत्रे गर्नका लागि ठेक्का सम्झौता भई काम अघि बढेको छ ।

डिभिजन सडक कार्यालय पाटन बैतडीका सवइन्जिनियर भट्टराईले भन्नुभयो, “ती सडकहरुमा गत आर्थिक बर्षमै बजेट विननियोजन भएर कालोपत्रे गर्ने काम भईरहेको छ ।”

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा पनि सडक पहुँच बढेकाले नागरिकलाई सजिलो भएको छ । तर पनि सडक धुलाम्य हुँदा केही सास्ती भोग्नु परीरहेको छ । सडकहरु कालोपत्रे गर्ने कार्य सुरु हुँदा यसले सजिलो हुने नागरिकहरुले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *