कञ्चनपुरमा नक्कली पैसा छाप्ने गिरोह पक्राउ

महेन्द्रनगर : प्रहरीले कञ्चनपुरमा नक्कली पैसा छाप्ने गिरोह पक्राउ गरेको छ। ७ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको क्षेत्रीय अनुसन्धान टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका – ६ दुम्लीबाट नक्कली पैसा छाप्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।

दुम्ली दशगजा नजिकैको नेपाली वस्ती हो। बिहीबार राति ८ बजेतिर प्रहरी सहायक निरीक्षक केशव जोशीको कमान्डमा खटिएको विशेष टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो। भारतको उत्तरप्रदेश राज्यको पिलिभित जिल्लाको सारदपुरी ग्रामपञ्चायतको बजारघाट १ का २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको सहायक निरीक्षक जोशीले जानकारी दिए। उनीहरुले भारतको पिलिभितमा बसेर नेपाली र भारतीय नक्कली नोट छाप्ने काम गर्दै आएका थिए।

सहायक निरीक्षक जोशीले दुई महिनाको अनुसन्धानपछि नेपालमै आएको बेला समात्न सफल भएको बताए।उनले नेपाली एक हजारका नोटका लागि आवश्यक कागज र केमिकल तयार पारेर छापिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको बताए। नक्कली पैसा छापिरहेको अवस्थामा आवश्यक मेशिन लगायतका सामान सहित पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएको छ। -अन्नपूर्ण पाेस्टबाट

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *