अत्तरियामा प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने, माघ २ गते ट्रफि सार्वजनिक गरिने

हेमराज भट्ट/सुदूरखबर । कैलाली पुस २८ । कैलालीको अत्तरियामा प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखि क्याम्पसको आयोजनामा आउदो माघ ४ गते देखी १३ गते सम्म प्रदेश स्तरिय लक्ष्मी कत्था म्ीःऋ कप हुने खेल संयोजक सन्तोष भट्टले जानकारी दिनुभयो ।

सुदुरपश्चिमको खेलकुद बिकास र बिधार्थीहरुलाई पढाईसंगै खेल तर्फ आर्कषित गर्न आयोजना गर्न लागिएको प्रतियोगितामा प्रदेश नम्बर ७ भित्रका बिभिन्न बिद्यालय र क्याम्पसका टिम सहभागी रहने छ ।

प्रतियोगिताको तयारी सुरु भईसकेको संयोजक भट्टले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा गोदावरी नगरपालिकाको बडा नं ५ मा रहेको लक्ष्मी कत्था उधोग रहने छ भने बाकि सहप्रायोजक र अन्य सहयोगिहरुको खोजी भैरहेको उहाले बताउनुभयो ।

गोदावरी नगरपालिकाको वडा नं २ तेघरी स्थित बीवाईसी खेल मैदानमा १० दिन सम्म प्रतियोगिता चल्नेछ ।

प्रतियोगिताको बिजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उप बिजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने कोषाध्यक्ष डण्डीराज जोशीले जानकारी दिनुभएको छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई ५÷५ हजारका दरले पुरस्कार प्रदान गरिने छ भने प्रत्येक खेलका म्यान अफ दि म्याचलाई २÷२ हजारका दरले पुरस्कार प्रदान उहाँले बताउनुभयो ।

प्रतयोगितामा प्रदेश नं ७ का बिभिन्न १६ ओटा टिमको सहभागिता रहने छ । संयोजक भट्टले आउदो माघ २ गते पत्रकार सम्मेलन गरि खेल तालिका र ट्रफि सार्बजनिक गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *