किन पोलिन्छन् चेपाङका बालबालिका ?

चितवन  पुस २९ –  चितवन इच्छाकामना गाउँपालिका–१ थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे आगोले पोलेर कामप खुइलेका कारण १० वार्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । दुई वर्षको हुँदा उनलाई आगोले पोलेको हो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

जाडोबाट जोगिन अँगेनाछेउमा सुत्दा खुइली पोलिएकी हुन् । आगाले पोलेपछि कपाल डढेको थियो टाउको खुइलो भएका कारण उनको नाम नै खुइली रह्यो । दाहिने हातको औलाले खासै काम गर्देन । देब्रे हातको कुमदेखि पाखुरासम्म पोलेको छ । ‘आगोछेउ सुत्दा राति अँगेनामा परी,’ श्यामले भने । ‘लुगा ओडने नपाउँदा जाडो छल्न अँगेनामा सुत्नुपर्छ,’ आगोले पोलेपछि खुइलीले उपचार पाइनन् श्यामले बाख्राको बड्कौला पिने लगाए ।

थाप्राङकै विष्णु चेपाङले आफ्नो छोराको नाम गौखुट्टे राखेका छन् । आगोले पोलेर खुट्टामा असर गरेपछि गाईको जस्तो खुट्टा भएकाले ‘गौखुट्टे’ नाम राखेको विष्णुले बताए । आफ्नो बुवाको घरमा गफ गरेर बस्दा गौखुट्टे अँगेनामा परेका हुन् ।

उनको दुवै खुट्टाको पैतला डढेको छ । आगोको छेवैमा भएको छोरा पोलिँदा सँगै रहेकी आमा निदाएकीले थाहा पाइनन् । छोरो चिच्याएपछि विष्णुले तानेर जोगाए । ‘म अलि टाढा भएको भए कोइला बन्थ्यो होला’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *