पराजुलीको नागरिताबारे जिल्ला प्रशासनमा सोधखोज

दमौली  पुस २९ – प्रा.डा. गोविन्द केसीको आन्दोलन र उनले माग गरेको प्रधानन्यायाधीशको नागरिता छानबिनले गोपाल पराजुलीको पराजुलीको गृह जिल्ला तनहुँमा तरंग ल्याएको छ । अन्नपूर्ण पोष्टमा समाचार छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा पराजुलीको नागरिकताबारे बुझ्नका लागि नियमित फोन आउने गरेको छ। प्रशासनले जनाएको छ । शुक्रबार मात्रै सरुवा भएका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले यसबारे निकै प्रश्नको सामना गर्नुपरेको छ।

प्रधानन्यायाधीश पराजुलीको गृहजिल्ला तनहुँ र जन्मघर ऋषिङ गाउँपालिका १ काहुँशिवपुर हो। पराजुलीले तनहुँ प्रशासनबाटै नागरिकताको प्रमाणपत्र लिएको प्रशासनका एक अधिकारीले बताए। सुरुमा दिएको नागरिकतामा जन्म मिति उल्लेख छैन ।

‘त्यतिबेलाका प्रायः नागरिकतामा जन्म साल मात्र उल्लेख हुन्थ्यो,’ प्रशासन स्रोतले भनेको छ , ‘पछि उहाँले महिना र साल उल्लेख गरी काठमाडौं प्रशासनबाट नागरिताको प्रतिलिपि निकालेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *