एमालेले बनायो राष्ट्रियसभा उम्मेदवारको मापदण्ड

काठमाडौं, २९ पुस – एमालेले स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका व्यक्तिलाई मात्र राष्ट्रियसभा चुनावका लागि उम्मेदवार बनाउन भएको छ ।

एमाले सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिस विधि तय गरेको हो ।

यो मापदण्डअनुसार यसअघिका तीन निर्वाचनमा उम्मदेवार भएका कसैले पनि राष्ट्रियसभाका लागि उम्मेदवार बन्न पाउने छैनन् । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *