कमाण्डरको ठेगाना– कविता

–रसुवाली कवि

प्रत्येक वर्ष हिउँदमा
सिस्ने हिमालमा उसैगरी परिरहेछ हिउँ
उस्तै छ रुकुममा जाडो
गुड फ्राइडे मानिरहेको कमरेडले
भुलेको छ लालिगुरास फुल्ने याम

स्कुलमा उस्तै छ जोडघटाउको रटाइ
जामुन फलिरहेछ टाकी फुलिरहेछ
निर्मला खोजिरहेकी छिन परिवर्तनको आभास
बुवाका याबत रहरमा बितेको बिगत

यो दुर्गम पहाड
जस्ले देशलाई रगत दियो
मुलुकलाई मुक्त गर्यो
त्यो बलिदानी कता बेच्यौ बैगुनी
उडेर जाने पुतली जस्तो
त्यो पखेटा किन भुल्यौ
खड्का निर्मला सोध्छिन्
कमरेड कता छ्न्
सपनाको हाट भर्न हिँडेका मान्छेहरु
मुक्तिपथको लाइनमा उभिएर कता पुगे
देशको लगि मृत्यु रोजेकाहरु
खोइ त सपनाको देश

बलिदान गर्ने नामहरु कता छन्
उज्यालोको दिशा कता छ
बाचा कसम कता छ
गन्तव्य पुग्ने बाटो कुन हो
निर्मला सोधिरहिछिन्
बिद्रोही कमाण्डरको ठेगाना

(सहिद सुपुत्री निर्मला खडकामा समर्पित

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *