न्यायपालिकाको गरिमा बढाउन नेपाल बारको आग्रह

पुस २९ – नेपाल बार एशोसियशनले प्रा. डा. गोविन्द केसीलाई अनसान फिर्ता लिन आग्रह गरेको छ । प्रकृया मिचेर डा. केसीले प्रधानन्यायाधिसलाई लान्छना लगाएको भन्दै बारले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन आग्रह गरको छ । नेपाल समाचापत्रमा समाचार छ ।

वार एशोसियशनले न्यायाधीशविरुद्ध उजुरी गर्नुपरेमा न्यायपरिषद हुँदाहुँदै अदालतको आदेश र फैसलालाइ लिएर अशिष्ट भाषाको प्रयोग गरेको बताएको छ । न्यायाधीशविरुद्ध उजुरी गर्ने थलो न्यायपरिषद भएको र परिषदले अध्ययन गर्न सक्ने भएको तर उक्त प्रक्रियामा नगई अनशनको गलत प्रवृत्ति डा. केसीले शसुरु गरेको बारेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *