बिश्वज्योति महिला बिकाशको १५ औ बार्षिक साधारण सभा सम्पन्न

सुदूर खबर- हेमराज भट्ट ,अत्तरिया ,पौष २९
कैलालीको गोदावरी नरपालिकाको बडा नं ५ रहेको बिश्वज्योति महिला बिकाश बहुउद्देश्य सहकारी सस्थाको ११ औ बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । संस्थाकि अध्यक्ष तुलसि देबकोटाको सभापतित्बमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिति गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउद रहनुभएको थियो । बिशिष्ट अथितिमा गोदावरी नगरपालिका बडा नं ५ का बडाध्यक्ष कर्ण सिंह बोहोरा रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति नगरप्रमुख साउदले सहकारीले पछिल्लो समयमा समाज परिर्बतन गर्न र समाजमा रहेका सार्बसाधारणहरुको जिबनस्तर उकास्नमा निकै महत्बपूर्ण योगदान पुञ्याईरहेको बताउनुभयो । उहाले गाउसमाजमा रहेको ससानो पुजीलाई संड्कलन गरि समाजमै लगानी गरेर निम्न आयस्तर भएका ब्यतिmहरुको जिवनशैलीमा परिर्बतन ल्याउन सहकारीको भूमिका सहरायिन रहेको बताउनुभयो । उहाले अब देश र समाजको आर्थिक समृद्धि सहकारी मार्फत नै हुन्ने हुदा बिश्वज्योति महिला बिकाश बहुउद्देश्य सहकारी सस्थाले लिएको लक्ष्य जुन छ त्याहि अनुसार अघि बढ्न सुभाव दिनुभयो ।

सहकारी तर्फ जति राज्यको ध्यान जानुपर्ने त्यो जान नसकेको बताउदै उहाले गोदावरी नगरपालिका भित्र छरिएर रहेका सम्मुर्ण सहकारीको बिकासका लागी नगरपालकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाकि कोषध्यक्ष लक्ष्मी भट्टले चालु आर्थिक बर्ष ०७४÷०७५ को ३ करोड ९४ लाख ६ हजार ३ सय १० रुपैया बराबरको आयब्याय बिवरण प्रस्तुत गर्नुभएको थियो । साथै उहाले आगामी आर्थिक बर्ष ०७५÷०७६ को ५ करोड ४२ लाख ७६ हजार बराबरको अनुमानित आयब्याय पनि प्रस्तुत गर्नुभयो ।

२०५८ सालमा ८० जनावाट स्थापना भएको सहकारीमा हाल ८ सय ९९ जना शेयर सदस्यहरु रहेको र चालु आर्थिक बर्षसम्म सबै खर्च कटाएर संस्थाले ९ लाख ७ सय बढि शुद्ध नाफा कमाउन सफल भएको सहकारिकि अध्यक्ष तुलसि देबकोटाले बताउनुभयो । पुर्ब उपाध्यक्ष दो्रपति भट्टले स्वागत गर्नुभएको कार्यक्रमको संञ्चालन संस्थाकि सचिब खिमादेबी ओझाले गर्नुभएको थियो । कार्यक्रम मार्फत समाचारका माध्यमममा सहकारीलाई महत्बपूर्ण योगदान दिएको भन्दै गोदावरी एफ एम लगाएत बिभिन्न संघसंस्थालाई र सहकारीको नियममा रहेर उत्कृष्ट काम शेयर सदस्यहरुलाई सम्मान पत्र र सल ओडाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *