मेनु

सुदूरपश्चिम खप्तड गोल्डकप ः दिल्ली युनाईटेड विजयी

Loading...

सुदूर खबर, सीताराम ओझा, कैलाली, पुस २३ । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ । शनिबार धनगढी रंगशालामा भएको खेलमा काठामण्डौको व्वाईज युनियनलाईलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठमा पुगेको हो । निर्धारित समयसम्म दुवै टीमले १–१ को वरावरी खेलेपछि पेनाल्टी सुटआउटवा निर्णय लिईएको हो ।

पहिलो हाफमा दुवै टोलीले गोल रहित वरावरी खेलेका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा दिल्ली युनाईटेडका लागि जर्सी नम्वर १९ का केथोपीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । त्यो अग्रता ९ मिनेटभन्दा वढी टिक्न सकेन । ६७ औं मिनेटमा व्याईज युनियनका लागि जर्सी नम्वर ७ का अभिसेक रिजालले गोल गर्दै खेल वरावरी गरे । त्यसपछि कुनै पनि टीमले गाल गर्न नसक्दा पेनाल्टीमा दिल्ली युनाईटेड विजयी भएको हो । पेनाल्टीमा दिल्लीका लागि जर्सी नम्र १३ का डनलिप्चा जर्सी नम्वर २२ का सन्दीप जर्सी नम्वर ३७ का रिसव र जर्सी नम्वर ४ का सिमेटले गोल गरे । व्वाईज युनियनका लागि जर्सी नम्वर १० का रुपेश केसी र जर्सी नम्वर ५ का राजु मगरले गोल गरे । युनियनका जर्सी नम्वर १७ का विशेष खड्गी र जर्सी नम्वर ८ का मोसाको प्रहार वाहिर गएपछि युनियन गोल्डकपवाट वाहिरिएको हो ।

जितपछि प्रतिक्रिया दिदै दिल्ली युनाईटेडका कप्तान विसन मेहराले तीन जना फरवार्ड घाईते भएका कारण रक्षात्मक खेल खेल्दा पनि पेनाल्टीमा पुगेर जित हासिल गर्न सफल भएको वताउनुभयो ।

ब्वाईज युनियनका प्रशिक्षक सुगम तन्डुकारले राम्रो खेल्दा पनि टाईव्रेकरमा ५०÷५० को स्थितिमा पुगेर हार्न पुगेको जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत आईतवार आयोजक सुप ११ र भारतको पञ्जाव फुटवल टीम वीच प्रतिस्पर्धा हुने सुदुरपश्चिम ११ फुटवल क्लवका महासचिव प्रकाश शाहीले जानकारी दिनुभयो ।

loading...