मेनु

विश्व नम्बर एक मुर्रे हारे, उपाधि जोकोविचलाई

Null

काठमाण्डौ, पुस २४ । कतार ओपन टेनिसको उपाधि नोवाक जोकोविचले जितेका छन् । विश्व नम्बर एक बेलायती एण्डी मुर्रेलाई फाइनलमा ६–३, ५–७ र ६–४ को सेटमा हराउँदै दोस्रो बरियताका जोकोविचले उपाधि जितेका हुन् ।

सर्बियाको जोकोविचले मुर्रेको लागतार २८ खेलदेखिको विजयी यात्रा पनि टुंग्याएका छन् । दुवै खेलाडी जनवरी १६ देखि सुरु हुने वर्षको पहिलो ग्राण्डसलाम अस्ट्रेलियन ओपनको तयारीमा छन् ।

मुर्रे गएको नोभेम्बरमा एटिपी टुर्स फाइनल्समा जोकोविचलाई हराउँदै विश्व नम्बर एक बनेका थिए । तर कतार ओपनमा भने मुर्रे पराजित भए । -उज्यालो अनलाइबाट

Null

SIDHAREKHA ONLINE