मेनु

धुर्मुस–सुन्तलीले आफूलाई मुसहर ठानेपछि ….

Loading...

महोत्तरी, पुस २५ । महोत्तरीको बर्दिवास–२ मा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेका हाँस्यकलाकार धुर्मुस र सुन्तलीले आफूहरुको थर ‘सदा’ भन्न आग्रह गरेका छन् ।

तराईको पिछडिएको मुसहर जातिको बस्तीमा नमुना काम गर्न बर्दिवास आएको यो जोडिले आइतबार बर्दिवास नगरपालिकाले आयोजन गरेको कार्यक्रममा हाँस्य प्रस्तुति गर्दै आफूहरुलाई मुसहरको थर ‘सदा’ बाटै सम्बोधन गरिदिन आग्रह गरेका हुन् । हिमाल, पाहाड र तराईबिचको सद्भाव बढाउन प्रेम र समर्पणको बाटो अबलम्वन गरिनु पर्ने धुर्मुस–सुन्तली जोडिको भनाई छ ।

shurmusआफूहरु ठूलो परोपकारी काम गर्न नभई मधेसका मुसहरसँग खेल्न, रमाउन र उनीहरुका दुःखमा सँगसाथ उभिन बर्दिवास आएको धुर्मुसले बताए । कार्यक्रममा सुन्तलीले सबैले सजिलै बुझ्न सक्नेगरी आफूलाई ‘मुसहरर्नी’ नै भन्न आग्रह गरेकी थिइन् ।

हाँस्यकलाकारद्वय धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले आफूहरु आबद्ध धुर्मुस–सुन्तली फाउण्डेशनका तर्फबाट बर्दिवासको मुसहर बस्तीलाई नमुना बस्ती निर्माण गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।

बर्दिवास–२ का ५० घरपरिवार मुसहरका लागि सडक, बिजुली र खानेपानी सुविधासहितको नमुना बस्ती बनाउन चारकरोड ७८ लाख खर्च गरिने फाउण्डेशनले जनाएको छ । -उज्यालो अनलाइबाट

loading...