मेनु

नेपाल टेलिकमले अब ग्राहकलाई १० रुपैयाँसम्मको उधारो ब्यालेन्स सेवा दिने

पुष २५ – नेपाल टेलिकमले प्रिपेड मोबाइलका ग्राहकलाई १० रुपैयाँसम्मको उधारो ब्यालेन्स ‘क्रेडिट ब्यालेन्स’ उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको हो ।

नेपाल टेलिकमको यो सुविधामा ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ । ग्राहकले ‘ब्यालेन्स’ रि चार्ज गरेपछि उक्त ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफैँ काट्छ । यद्यपी यो सुविधा निजी क्षेत्रमा रहेको एनसेलले भने धेरै पहिलादेखि दिँदै आएको छ ।

टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलार्इ ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको बताएकी छिन् ।

आपतकालीन अवस्थामा कसैसँग सम्पर्क गर्नुपरेमा सहज होस भनेर पाँचदेखि १० रुपैयाँसम्म उधारोमा लिन सकिने व्यवस्था गर्न लागिएको राजभण्डारीले बताइन् । उनले कलर रिङव्याक टोन ९सिआरविटी० सेवालाई पनि सुचारु गर्ने बताइन् । पोखरा उपमहानगरपालिका-१८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्ज सेवाको उद्घाटनको अवसरमा उनले यो जानकारी दिएकी हुन्। @डिसीनेपाल बाट