मेनु

परशुराम क्षेत्रमा मकर संक्रान्ति मेलाको चहल पहल बढ्यो

Loading...

सुदुर खबर, रमेश धामी, डडेल्धुरा, पुस २५ । डडेल्धुराको भित्री मधेसमा रहेको प्रशिद्घ धार्मीक स्थल परशुराम क्षेत्रमा मकर संक्रान्ति मेलाको चहल पहल बढेको छ । यहि पुस २९ गते राती लाग्ने मेलाको पुर्व सन्ध्यामा मेला क्षेत्रको मञ्च ब्यवस्थापन गर्ने कार्य भैरहेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष कैलाश कुमार पाण्डेले बताउनु भयो ।

स्कन्द पुराणको मानस खण्डमा उल्लेख गरीए अनुसार मकर संक्रान्तिका दिन भगवान परशुरामको तपोभुमी महाकाली नदिमा स्नान गरेमा गंगा स्नान गरेभन्दा १० गुणा बढि धर्म हुने बिश्वास रहिआएको छ ।

स्नान गर्न आउने भक्तजनहरुलाई हिन्दु स्वयम सेवक संघले पुस २९ गते पुरी तरकारी खुवाउने र माघ १ गते खिचडि खुवाउने कार्यक्रमरहेको छ ।

माघिका अवसरमा घ्यु, तिलको लड्डु, तरुल, पिडालु आदि खानाले शरीरमा रोग ब्याधी नलाग्ने बिश्वास रहेकाले हिन्दु स्वयम सेवकले पुरी तरकारी खिचडि खुवाउने कार्यक्रम राखेको पाण्डेले बताउनु भयो । जिल्लाका बिभिन्न क्षेत्रबाट देबी देउताका देउरा आउने र दैवी शक्ति देखाउने छन् ।

मकर संक्रान्तिका दिन सुदूरपश्चिमका प्राय सबै जिल्ला र छिमेकी देश भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।

मेलाको अवसरमा ब्यापारीक प्रयोजनका लागी तीन सय स्टलको पनि तयारी गरीएको छ । उक्त दिन धार्मीक क्षेत्रमा स्नान गरेमा पापमोचन हुने जन बिश्वास रहि आएको छ । मेलामा हजारौँ भक्तजनहरु स्थानको लागि आउने गर्दछन् ।

बिगतका वर्ष भन्दा यो वर्ष फरक शैलीमा मेला भब्यताका साथ मनाईने परशुराम क्षेत्र बिकास समितिले जनाएको छ । सनातन अनुसार तिलको बिशेष महत्व रहेकाले मेलामा तिलका परिकारलाई प्रसादको रुपमा ग्रहण गरीन्छ ।

माघ १ गतेका दिन सुर्य धनु राशी बाट मकर राशीमा प्रवेश गर्ने भएकाले त्यस दिनलाई माघे सक्रान्ति, तिलुवा संक्रान्ति, मकर सक्रान्ति या माघीका रुपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाउने गरिन्छ ।

loading...