मेनु

युवा विदेशिय, खानेपानी आयोजना बनाउन लागि परे महिला र बालबालिका

बझाङ, पुस २६ ।  दक्ष जनशक्ति तथा युवाहरु विदेशियपछि खानेपानी आयोजना बनाउनका लागि महिला र बालबालिका लागी परेका छन् । बझाङको मालुमेला–४ खानीका महिला र बालबालिका खानेपानी बनाउन लागेका हुन् ।

गाउँका धेरै युवा रोजगारीका लागि भारत तथा अन्य देश गएपछि महिला र बालबालिका खानेपानी बनाउन लागेको महिला स्वास्थ्य स्वयम् सेविका तथा काजी खानेपानी सरसफाई उपभोक्त समितिकी कोषाध्यक्ष लक्ष्मी सुनारले बताउनुभयो ।

जिल्ला विकास समिति अन्तर्गत ग्रामीण जलस्रोत परियोजनाले खानेपानी आयोजना बनाउन आर्थिक सहयोग गरेपछि यहाँका महिला तथा बालबालिकाहरु काममा लागि परेका हुन् ।

ग्रामीण जलस्रोत परियोजनाको लगानी र जनश्रादान गरी झण्डै १२ लाखको लागतमा खानेपानी योजना बन्न लागेको समितिका सचिव गगनबहादुर महतले बताउनुभयो ।