मेनु

ठूलो दुर्घटनाबाट जोगियो पृथ्वी : चन्द्रमाभन्दा आधा नजिकबाट गुज्रियो उल्कापिण्ड

Loading...

लण्डन – १० तला अग्लो भवनजत्रो ठूलो अकार भएको एउटा उल्कापिण्डसँग पृथ्वी ठोक्किनबाट जोगिएको छ । वैज्ञानिकहरुका अनुसार सो उल्कापिण्ड चन्द्रमा र पृथ्वीको दुरीभन्दा आधा नजिकबाट गुज्रिएको थियो ।

रोचककुरा, डेली मेलमा प्रकाशित समाचारका अनुसार २०१७ एजी१३ नाम दिइएको उक्त उल्कापिण्डलाई एरिजोना विश्वविद्यालयको क्याटालिना स्काई सर्भेका वैज्ञानिकहरुले शनिबार मात्र देखेका थिए ।

पृथ्वीको निकै नजिकबाट गुज्रिएको उल्कापिण्डको आकार ५० देखि १११ फिट लामो भएको र १६ किलोमिटर प्रतिसेकेण्डको रफ्तारमा कुदिरहेको अध्ययनकर्ताहरुले बताएका छन् । eqq

वैज्ञानिकहरुका अनुसार यो उल्कापिण्डको कक्षले पृथ्वी र शुक्र ग्रहको कक्षलाई भेट्ने गरेको छ ।

सन् २०१३ मा रसियाको चेल्याबिन्सकमा खसेको उल्कापिण्डको आकार र अहिलेको उल्कापिण्डको आकार उत्रै रहेको बताइएको छ ।

उक्त घटनामा एक हजारभन्दा बढी घाइते भएका थिए ।

अब यो उल्कापिण्ड सन् २०१७ को डिसेम्बर २८ मा पृथ्वीको नजिक आइपुग्नेछ ।

जनवरीमा महिनामा मात्र यस्ता ३८ वटा उल्कापिण्ड पृथ्वीको नजिक भएर गुज्रनेछन् ।

वैज्ञानिकहरुले लामो समयदेखि पृथ्वीसँग ठोक्किन सक्ने उल्कापिण्डलाई रोक्ने उपायको बारेमा अध्ययन गरिरहेका छन् । ह्वाइट हाउसले यसबारे एक दस्तावेजनै सार्वजनिक गरिसकेको छ ।

यस विषयमा आधारित भएर विभिन्न चलचित्रहरुसमेत बनिसकेका छन् ।

Rato Pati

loading...