मेनु

संशोधन विधेयक कुनै हालतमा पास हुन दिदैनौँ : रावल

सुदुर खबर, अछाम, पुस २६ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । संविधान संशोधन विधेयक एक तिहाई मतबाट असफल पारिदिने रावलले बताए ।

अछाममा पत्रकारहरुसँग कुरा गर्दै रावलले संविधान संशोधन बिधेयक राष्ट्रहित विपरित भएकाले जसरी पनि खारेज गरिने बताएका हुन् ।

यस्तै उपाध्यक्ष रावलले एमाले ३ वटै तहको निर्वाचनका लागि तयार रहेको भन्दै सरकाले छिटो चुनावको मिति घोषणा गर्नुपर्ने माग समेत गरेका छन् । तर सरकार चुनावको मिति घोषणा नगरी आफ्नो आयु बढाउन लागेको आरोप उनले लगाएका छन् ।

संविधानको कार्यान्वयन गरी सबै जात जाती, भाषा, समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने बेलामा सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएर परिस्थिति धमिलो पारेको उनको भनाइ छ ।