मेनु

ब्रेथलाईजर मेसिन बिग्रिँदा मुख सुँघ्नु पर्ने बाध्यता

Null

सुदुर खबर, डडेल्धुरा, पुस २६ । सवारी चालकले मादक पदार्थ सेवन गरे–नगरेको पत्ता लगाउने ब्रेथलाईजर मेसिन बिग्रिँदा सुदूरपश्चिममा ट्राफिक प्रहरीलाई काम गर्न समस्या भएको छ ।

मेसिन बिग्रिएको महिनौं बित्दा पनि मर्मत तथा नयाँ खरिदको पहल नहुँदा मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन समस्या भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्ररियाले जनाएको छ ।

गाडी चालकले पुकार, गुट्का तथा सुर्ति खाएर बे्रथ लाईजरमा फुक्ने तथा त्यसको केही टुक्रा मेसिनमै अड्किने गरेकाले मेसिन चाँडो बिग्रिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी क्षेत्र दिपायल, डडेल्धुरा अछाम तथा बुँडर ट्राफिक पोष्टमा बितरण गरिएका बे्रथलाईजर मेसिन बिग्रिएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख एकेन्द्र खड्काले बताउनुभयो ।

ब्रेथलाइजर बिग्रीएपछि अहिले ट्राफिक प्रहरीले मुख सुँघेर नै मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

सुदूरपश्चिमाञ्चलमा ३५ वटा ट्राफिक प्रहरी कार्यालय तथा बिटहरु रहेको भएता पनि १७ वटा मात्र ब्रेथलाईजर मेसिन उपलब्ध हुँदा चेकजाँचमा समस्या भएको उहाँले बताउनु भयो । त्यसमा पनि अहिले ७ ओटा मेसिन विग्रेर १० ओटा मात्र प्रयोगमा रहेकोले झनै समस्या भएको निमित्त प्रमुख खड्काले बताउनुभयो ।

२०६८ बाट सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले यस क्षेत्रमा ब्रेथलाईज मेसिनबाट मापसे चेकिङ्ग गर्दै आएको छ । मेसिन बिग्रीएपछि सुदूरपश्चिममा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने कार्यलाई रोक्न ट्राफिक प्रहरीलाई सहयोग पुगेको थियो ।

अहिले आवश्यक संख्यामा ब्रेथ लाईजर मेसीन उपलब्ध नभएको र भएका पनि विग्रेकोले काम गर्न समस्या भईरहेको छ ।

यस्तै २०७१ साउन महिनादेखि अहिलेसम्म मापसे चकिङ्गबाट २ हजार ४ सय ९८ जनालाई कारबाही गरिसकेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Null

SIDHAREKHA ONLINE