मेनु

जिविस बैतडीले ६ ओटा कलस्टरमा योजनाको सम्झौता गर्ने

सुदूर खबर, बैतडी, पुस २६ । जिल्ला विकास समिति बैतडीले जिल्लाका विभिन्न ६ ओटा कलस्टरमा गएर योजनाको सम्झौता गर्ने गरेको छ ।

मेलौली, सतबाँझ, हाट, गाजरी, गोकुलेश्वर र जिल्ला सदरमुकाम गरेर ६ ठाउँबाट योजनाको सम्झौता गर्ने तयारी भईरहेको जिल्ला विकास समिति बैतडीका योजना अधिकृत सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।

सम्झौता गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरुलाई सजिलो होस भन्ने उद्देश्यले विभिन्न कलस्टरमा गएर सम्झौताको तयारी भइरहेको उहाँले बताउनुभयो ।

उपभोक्ता समितिका पदाधिकारीहरुको नाममा बैंक खाता पनि खोल्नुपर्ने भएकाले राष्ट्रिय वाणिज्य बैंकसंग यसका लागि समन्वय भइरहेको योजना अधिकृत शर्माले जानकारी दिनुभयो ।

बैंकसंग समन्वय भइरहेको र बैंकसंगको समन्वयपछि योजनाको सम्झौता कार्य अघि बढाइने उहाँले जानकारी दिनुभयो ।