मेनु

आजको रासिफल – बि.स.२०७३ पौष २७ गते । बुधबार । ईश्वी सन् २०१७ जनवरी ११ तारिख । नेपाल सम्बत् १९३७ ।

बि.स.२०७३ पौष २७ गते । बुधबार । ईश्वी सन् २०१७ जनवरी ११ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८ । पौष शुक्ल पक्ष । तिथि चतुर्दशि,३१ घडि २५ पला । नक्षत्र आद्रा,५१ घडि ५३ पला । काठमाडौंमा सूर्योदय ०६ बजेर ५८ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर २६ मिनेट जादा । दिनमान २६ घडी १० पला । चन्द्ररासि मिथुन ।

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ) आट गर्न नसक्दा हातमा आउन लागेको काम अरुले नै फुत्काउनेछन् । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । दाजुभाई तथा आफन्त सँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला बिवाद बढ्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परिने चिन्ताले सताईरहनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछन् भने ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ ।
शुभ अंक — १,५ शुभ दिशा —पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ श्रीं मंगलाय नम

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा) नयाँ नयाँ साथि संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । पारिवारिक माहोलमा जमघट भई मिठा मिठा खानेकुराहरु भोजन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।
शुभ अंक — २,६ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ भद्रकालि नम

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ ।
शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ ।
शुभ अंक —५,८ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ अनिश्वराय नम

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) अधुरा कामहरु पूरा हुनुका साथै नयाँ नयाँ काम गर्ने अवसरहरु आउँनेछन् । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने इच्छित सामानहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ भने दिल खोलेर सहयोग गर्नेहरु भेटिनेछन् ।
शुभ अंक —७,९ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गंगाधराय नम

कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पा) सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा गम्भिरता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ ।
शुभ अंक —२,४ शुभ दिशा — पुर्व
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,त) उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान, ईज्जत,प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
शुभ अंक — १,३ शुभ दिशा — पश्चिम
शुभ रंग —खैरो कार्य सिद्धि मन्त्र — ॐ बलप्रदाय नम

बृश्चिक (तो, ना, नी, नू ,ने,नो, या,यी, यू) आर्थिक ब्याबस्थापनको अभावले ब्यापार ब्याबसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला गलत ब्यात्तिहरुको सल्लाहमा गलत निर्णय हुन सक्छ । खोज अनुशन्धानको क्षेत्रमा अलि बढि संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
शुभ अंक — २,४ शुभ दिशा —दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ अं अगाराकाय नम

धनु (ये, यो,भा, भी,भू ,ध, फा,ढा,भे) महिला मित्रहरुसँग गरिने कुनै पनि ब्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । साझेदारि ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।
शुभ अंक —१,९ शुभ दिशा — दक्षिण
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ गुरुवे नम

मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी) मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुँनेछ ।
शुभ अंक — २,६ शुभ दिशा — पश्चिम
शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) आकस्मिक धनसम्पति लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । स्थाई सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । समस्याका पर्खालहरु ढाल्दै ब्यापार ब्याबसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ ।
शुभ अंक — २,३ शुभ दिशा — पश्चिम
शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मीन (दी दू थ झ ञ दे दो चा ची) आमा तथा आमासरहका मानिससँग छुट्टियर कहि कतै जानु पर्दा मन खिन्न हुनेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । परिवार तथा आफन्तजनबाट धोका तथा असहयोग हुन सक्छ सजक रहनुहोला । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ । आधुनिक कृषि प्रणालि अवलम्बन गर्ने किसानहरुले हाते औजार र घरेलु सामान प्रयोग गरेर प्रशस्त आम्दानि गर्न सक्नेछन् । माया प्रेम तपाई आफ्नै कारणले अबिश्वास तथा शंकाको बाताबरण सिर्जना हुनेछ ।
शुभ अंक —१,८ शुभ दिशा — पुर्व
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन नम्बर – ९८५११७८४५९