मेनु

सम्पत्तिको नाममा तीन तोला सुन देखाएका प्रचण्डले छोरीलाई दाइजोमा घर दिए

पुस २७ । आफ्नो नाममा थोरैजग्गा जमिन र न्यून मात्राको सम्पत्ति विवरण बाहिर देखाएर के गर्नु छोरीका निम्ति भटाभट घर बनाएर बिहेपछिको दाइजो दिन थालेपछि । प्रसंग काठमाडौंको पूर्वसमानुपातिक सांसद रेणु दाहाललाई भनेर ललितपुरको हात्तीवनमा सात आना जग्गामा निर्माणाधीन नयाँ निवासको हो ।

रेणु प्रधानमन्त्री पुष्पकमल दाहालकी माइली छोरी हुन् । वर्षै भारतको पञ्जामा बसेका अर्जुन पाठकसँग वैवाहिकसम्बन्ध गाँसिएको छ । केपी ओली नेतृत्वको सरकारमा ज्वाईलाई प्रचण्ड कमरेडले आपूर्तिमन्त्री गणेशमान पुनको निजी सचिव बनाएका थिए । आपूर्तिअन्तर्गतका धेरैजसो डिलिङमा उनैको संलग्नता हुने गथ्र्यो ।

जनआस्था साप्ताहिकबाट