मेनु

जुम्लामा यो वर्षकै चिसो : माइनस ७.५ डिग्री तापक्रम

काठमाडौं : जुम्लामा बुधबार यो वर्षकै चिसो महशुस गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७.५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । गएको वर्ष जनावरी ११ तारिखमा माइनस ४.९ डिग्री रहेको जुम्लाको न्यूनतम तापक्रम यो वर्ष ३ डिग्रीले धेरै हो ।

यस्तै जोमसोमको माइनस ६ डिग्री मापन गरिएको छ ।

काठमाडौंको न्यूनतम तापक्रम बुधबार २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । महाशाखाका अनुसार गएको वर्ष आजको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस थियो ।

धेरै ठाउँमा पानी परेपछि देशभरी नै चिसो बढेको हो । आज दिउँसो लुम्लेमा १.६ मिलिमिटर पानी पनि परेको छ ।

आज राती पश्चिमी उच्च पहाडी क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएको छ ।

.