मेनु

खुशिको खबर : तेरियाको जित सुनिश्चित

काठमाडौं : नेपालकी टेरीया फौजामगर भारतीय टेलिभिजन कलर्सको चर्चित ‘रियालिटी सो–झलक दिखला जा’ को उपाधि नजिक पुगेकी छन् ।
सन् २०१४ मा ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को उपाधि जितेकी रुपन्देही रुद्रपुरकी १४ वर्षकी टेरिया झलक दिखला जा’ को उपाधि नजिक पुगेकी हुन् ।

उनले भारतीय डान्सर एवं ‘झलक दिखला जा’ का पूर्व विजेता सलमान युसुफ खान र वर्ल्र्ड हिपहपका विजेता सानतनु महेश्वरीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्दैछिन् ।

यो कार्यक्रम शनिबार नेपाली समय अनुसार राति सवा दश बजे कलर्स च्यानलमा प्रशारण हुन्छ ।

गएको जुलाईमा सुरु ‘झलक दिखला जा’ मा टेरिया वाइल्ड कार्डमार्फत प्रवेश गरेकी हुन् । उनले डिआइडी लिटिल मास्टरको उपाधि विजेता भएकाले च्यालेन्जरको रुपमा प्रवेश पाएकी हुन ।

प्रतियोगिताको उपाधिका लागि जनवरी १४ देखि २१ सम्म एसएमएस र अनलाइन भोटिङ हुँदैछ । उपाधि विजेताको घोषणा जनवरी २१ मा हुनेछ । उपाधि जित्नेले पुरस्कार स्वरुप ३० लाख भारतीय रुपैयाँ र एउटा कार पाउनेछ ।

४० हजार प्रतिस्पर्धीलाई पछि पारेर डिआइडी लिटिल मास्टर बनेकी टेरियालाई अर्को चर्चित उपाधि जिताउन सबैले भोटिङ गरेर सहयोग गर्न परिवारले आग्रह गरेको छ ।