भ्यालेन्टाइन बिशेस प्याक एनसेलको बम्पर अफर : यस्ता छन सेवा सुबिधा

२४ माघ, काठमाडौ । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्यालेन्टाइन डेको अवसर पारेर असिमित भ्वाइस तथा डाटा प्याकको प्याकेज ल्याएको छ ।

बिहीबारदेखि शुरु भई १५ दिनसम्म लागू हुने प्याकेजमा प्रयोगकर्ताले असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याट गर्न सक्ने एनसेलले जनाएको छ ।

एनसेलका सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा असिमित भ्वाइस प्याकलिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुराकानी गर्न सक्नेछन् । यो भ्वाइस प्याक २४ घण्टाको लागि मान्य हुनेछ ।

भिडियो च्याट गर्न ग्राहकले यस अफर अन्तर्गत कर सहित २० रुपैयाँमा एक घण्टाको डाटा प्याक लिइ भिडियो च्याट गर्न सक्नेछन् । यो डाटा प्याक सुरु भएको १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजनाअवधिभर जति पटक पनि लिन सक्ने एनसेलले जनाएको छ ।

२०७४ माघ २४ गते १९:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *