नेपाली देखि विश्वभरीबाट अष्ट्रेलिया प्रबेश गरेका मध्येलाई कस्ता फटाई काम गरे भने देश निकाल गर्छन ? जानकारी लिनुहोस

मेलबर्न । अष्ट्रेलिया सरकारले भारतीय नागरिक जगदिप सिंहलाई अष्ट्रेलियाबाट निकाला (डिपोर्ट) गर्ने निर्णय गर्यो । ३४ वर्षीय ट्याक्सी ड्राइभरले आफ्नै ट्याक्सीका यात्रुमाथि यौन हिंसा गरेको प्रमाणित भएपछि अष्ट्रेलिया सरकारले देश निकाला गर्ने निर्णय गरेको हो ।

देश निकाला अथवा डिपोर्ट जटिल र संवेदनशील प्रक्रिया हो । त्यसो त अष्ट्रेलिया सरकाले साना गल्ति गर्ने विदेशी नागरिकलाई सजिलै डिपोर्ट गर्दैन । अष्ट्रेलियाको अध्यागमन कानूनको धारा २०० मा रहेको उपधारा २०१, २०२ र २०३ मा उल्लेख गरीए अनुसार, कुनै पनि विदेशी नागरिक अष्ट्रेलियामा १० वर्ष भन्दा कम बसेको र अपराधमा संलग्न भई १ वर्ष वा सो भन्दा माथिको सजाय पाएको भएमा अष्ट्रेलिया सरकारले देश निकाला गर्न सक्छ । त्यस्तै कुनै पनि व्यक्तिबाट समग्र राष्ट्रको सुरक्षामा खतरा देखिएमा पनि उक्त व्यक्तिलाई सरकारले देश निकाला गर्छ ।

देश निकाला गर्ने प्रक्रियामा पहिले उसको भिसा रद्द गरिन्छ । अध्यागमन विभागको मुद्दा हेर्ने अधिकारीले यस सम्बन्धि निर्णय गर्छन् । अष्ट्रेलियाले डिपोर्ट गर्नु भनेको उक्त व्यक्ति जीवनभर कुनै पनि काम, भेटघाट वा अरु उद्देश्यले अष्ट्रेलिया जान नपाउनु हो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *