जनता बैङ्कको ९४ औ शाखा अत्तरियामा

हेमराज भट्ट/अत्तरिया,माघ २५ – देशैभर विभिन्न ठाँउहरुमा आफ्नो सेवा प्रदान गरिरहेको जनता बैङ्क नेपाल लिमिटेडले आजबाट अत्तरियामा पनि सेवा सुचारु गरेको छ । जनता बैङ्कको आफ्नो ९४ औ शाखा आज अत्तरियामा एक कार्यक्रमका बिच उद्धघाटन गरेको हो ।

 
बैङ्कका संञ्चालक गौतम प्रसाद खनालको सभापतित्वमा सुरु भएको शाखाको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउदले गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख हरि सिंह साउदले स्थानियहरुसंग भएको स–साना पुजीलाई संङ्कलन गरि सहि तरिकाले सहि ठाउमा संञ्चालन गर्न बैङ्कहरुले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताए । देशको विकास संगसंगै बङ्कको बिकास हुन जरुरी रहेको बताउदै उनले बैङ्कहरु नाफामुखी भन्दा पनि बढि ग्राहाकमुखी हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै जनता बैङ्कका क्षेत्रिय प्रमुख धुर्ब कुमार पौडेलले यस क्षेत्रको जनताहरुलाई बैङ्किङ्. कारोवारमा अझ सहज होस भनी शाखा स्थापना गरिएको बताए ।  उनल भने “पछिल्लो समयमा यहा बैङ्कहरु खुल्ले क्रम बढिरहेको छ , हामी नाफा मुखि भन्दा पनि गा्रमीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुलाई सर्वसुलभ ब्याजदरमा ऋण प्रदान गरि उनिहरुको जिवस्तर उकास्नमा सहयोग गरिरहेका छौ ।” देशैभरमा जनता बैङ्कका १२५ औ शाखाहरु पुञ्याउने लक्ष्य लिएकोे बताउदै उनले यस बैङ्कमा राज्यको समेत लगानी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *