बैदेशिक रोजगारीको लागि युएई तिर जादा यस्ता औषधी लादै हो भने जेल समेत पठाउलान ! आफ्नो ख्याल आफै गर्नुहोस ! सबैको जानकारीको लागि सेयर गरौ …

माघ २६ , काठमाडौं । नशालु औषधिजन्य पदार्थ बोकेर युएई नआउन आबुधाबीस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।निषेध गरिएका २० प्रकारका औषधिको सूचि जारी गरेर दूतावासले यस्तो आग्रह गरेको हो । रुघाखोकी लाग्दा प्रयोग गरिने लठ्याउने किसिमका औषधि युएई लैजान पाइन्न ।युएई लैजान निषेध गरिएको केही औषधि नेपालमा भने प्रयोग गर्न पाइन्छ । तर युएईले भने लागुऔषधका रुपमा प्रयोग हुने ठानेर यी औषधि निषेध गरेको हो । कसैले जानेर वा नजानेर यी औषधि बोकेर गए लागुऔषध ओसारपसारको मुद्धामा जेल सजाय समेत भोग्नु पर्ने हुन्छ ।

चित्रमा हेर्नुस कुन कुन औषधि निषेध गरिएको छ

सुनौलो नेपाल

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *