नेपाल रेडक्रस सोसाईटी उपशाखा अत्तरियाको अध्यक्षमा डा. मौनी चयन

सुदूर खबर- हेमराज भट्ट , माघ २९ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा अत्तरियाको दशौ शाखा अधिबेशन आज अत्तरिया स्थित आफ्नै निर्माणधिन नया भवनमा सम्पन्न भएको छ । अधिबेशनले पदमा अस्पतालका संञ्चालक डा. नर बाहादुर मौनीको अध्यक्षतामा ९ सदस्सिय नया कार्यसमिति सर्वसहमत चयन गरेको छ ।

समितिको सदस्यहरु मन्जु साउद , ईश्वरी कठायत , भरत खड्का , कमल कडायत , लक्ष्मीराज पन्त , बिक्रम बिश्वकर्मा , धर्मराज भट्ट , साबित्रा जोशी चयन हुनुभएको छ । रेडक्रस उपशाखा अत्तरियाका सभापति शेर सिंह खड्काको अध्यक्षतामा सम्पन्न अधिबेशनमा रेडक्रसका जिल्ला सभापति उत्तम जोशी प्रमुख अथिति रहनुभएको थियो । नवनिर्वाचित भएका सबै पदाधिकारीहरुलाई आजै निर्वाचन अधिकृत रहनुभएका रेडक्रस सोसाईटी कैलाली जिल्लाका मन्त्रि लोक राज जोशीले सपथ खुवाउदै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *