प्रदेश न. ७ को अछाम बाट आयो दुखद खबर- दाउराको प्रहारबार ३३ बर्षिय खड्काको गयो ज्यान !

अछाम–जिल्लाको कमलबजारमा आफ्नै श्रीमानको दाउरा प्रहारबाट एक महिलाको ज्यान गएको छ । कमलबजार नगरपालिका २ गणेशपुर बस्ने ३५ वर्षीय गणेश खड्काले प्रहार गरेको दाउरा लागेर उनकी उनकी श्रीमती ३३ वर्षीय पवित्रा खड्काको मृत्यु भएको हो ।

दाउरा प्रहारबाट श्रीमतीको हत्या गरेलगत्तै खड्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

यो पनि हेर्नुहोस् :

काठमाडौँ। आज  महाशिवरात्री । पशुपत क्षेत्रमा पछिल्ला दिन निकै भिडभाड बढेको छ । भोलिको शिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

शिवरात्रीकै लागि पाशुपत क्षेत्रमा नेपाल र भारतबाट चार हजार साधुसन्त र जोगी आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

आइतबारको तुलनामा सोमबार पाशुपत क्षेत्र साधुसन्त र जोगीले भरिभराउ देखिन्थे । सोमबार साँझसम्म उनीहरु आउने क्रम जारी नै थियो । भर्खर आएको साधुसन्त तथा जोगीहरु आफ्ना लागि स्थान खोज्दै थिए भने कोही आगो ताप्दै गाँजाको धुँवामा मस्त थिए ।

महाशिवरात्री मेलामा गाँजालगायत नशालू पदार्थ सेवन गर्न नदिने भनिएपनि बाबाहरु खुल्लमखुल्ला सेवन गर्दै गरेको दृश्य देख्न सकिन्थ्यो ।

यसपटक पशुपति मन्दिरको दर्शन गर्न करिब १२ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । यसैक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्न ट्राफिक व्यवस्थापन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *