कञ्चनपुर : धारामा पानी नआउँदा नौ सय घर प्रभावित

कञ्चनपुर, फागुन १ ।  पाँच दिनदेखि धारामा पानी नआउँदा बेलौरी नगरपालिका बेलौरी बजारका नौ सय उपभोक्ता प्रभावित भएका छन्। धारामा पानी यहाँका नागरिक अस्वस्थ पानी पिउन बाध्य भएका छन्। खानेपानी बन्द हुँदा बेलौरी बजार, विद्यानगर, दुम्ली, पुरानो बेलौरी, शान्तिपुर र रिछाहाका करिव नौ सय घरधुरीका उपभोक्ता खानेपानीबाट बञ्चित भएका छन्।

धारामा कहिले काहीँ पानी आए पनि धमिलो आउने गरेको स्थानीय हरिश बागले बताए। उनले भने, ‘कहिले काहीँ धारामा पानी आएपनि धमिलो मात्र आउँछ।’ धारामा पानी नआउनुमा श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चरम लापरवाहीको भएको स्थानीयको आरोप छ।

यता उपभोक्ता समितिले भने हुलाकी सडकलगायत विभिन्न वडाले गर्न लागेको सडक निर्माण कार्यका कारण उपभोक्ता समक्ष खानेपानी पुर्‍याउन नसकिएको बताउँदै आएको छ। ‘स्काभेटरले बाटो खन्दै गर्दा ठाउँठाउँमा खानेपानीका पाइप टुटफुट भएको छ,’ श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष गोपाल पाण्डेयले भने, ‘त्यसलाई परिवर्तन गर्न स्थानीय बजारमा पाइप नपाइने तथा बजेटको अभावले मर्मत गर्न केही दिन लाग्छ।’

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *