अमेरिकी ड्रोन हमलामा तालिवानका वरिष्ठ नेता मारिए

फागुन १ । अमेरिकाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानी तालिवानका एक वरिष्ठ नेता मारिएका छन्।  अफगानिस्तानको सीमानजिकै उत्तरी वजरिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा परी तेहरिक–इ–तालिवान पाकिस्तान (टीटीपी)का उपनेता खालिद मेहसुदको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ।  टीटीपीका प्रक्ताले पनि उपनेता मेहसुदको मृत्यु भएको पुष्टि गरेका छन्।

मेहसुदको मृत्युपछि पाकिस्तानी तालिवानलाई थप कमजोर बनाएको छ। टीटीपी दर्जनौं आत्मघाती र अन्य आक्रमणमा संलग्न रहँदै आएको छ । उनकै कमाण्डमा गत डिसेम्बरमा पाकिस्तानको पेशावरस्थित एउटा क्याम्पसमा आक्रमण गर्दा कम्तीमा ९ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए। मेहसुदको मृत्युपछि टीटीपीका लडाकूहरु छिमेकी मुलुक अफगानिस्तानमा शरण लिन बाध्य भएको पाकिस्तानी अधिकारीहरूले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *