डडेल्धुराको आलितालमा रहेको एनसेल टावरमा आगलागी

डडेल्धुरा, फाल्गन १ । डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. २ काफलीमा रहेको एनसेलको टावरमा आगलागी भएको छ। गएराति सवा ९ बजेको समयमा उक्त टावरमा आगलागी भएको हो ।

आगलागीबाट टावरमा रहेको जेनेरेटर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक (इनिस्पेक्टर) खगेन्द्र साउदले जानकारी दिए । उनका अनुसार टावरमा आगजनी कसले गर्यो भन्ने खुलेको छैन ।

‘टावरमा कार्मचारी कोही पनि नभएको बेला टावरमा आगो लागेको हो। उनले भने, टावर हेर्ने चौकीदार पनि पाँच बजे नै घर गएको रहेछ । कसले आगो लगाएको हो भन्ने खुलेको छैन्।’ एनसेलको टावरमा आगजनी भएपछि अहिले यस क्षेत्रका हजारौं प्रयोगकर्ता मारमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *