आज फागुन १ गते देखी यी ९ राशीका लागि फलीफाप ! सूर्यले राशी परिवर्तन गरे सँग केही राशीका लागि हानी ! जानकारी लिनुहोस …

ज्योतिष शास्त्रअनुसार यदि कुनै व्यक्तिको कुण्डलीमा सूर्य शुभ स्थितिमा रहेको छ भने उसको भाग्य चम्किनेछ र समाजबाट मान-सम्मान प्राप्ति हुने गर्छ । त्यहीँ कुण्डलीमा सूर्य अशुभ स्थितिमा हुनाले समस्या आउने गर्दछ । फागुन १ गते अर्थात् १३ फेब्रुअरीको दिन सूर्य मकर राशिबाट कुम्भ राशिमा सर्ने भएको छ । यस पछि फागुन ४ गते अर्थात् १६ फेब्रुअरीमा सूर्य ग्रहण रहेको छ । यस्तो स्थितिमा सबै १२ राशिहरुमा सूर्यको यस गोचरको कस्तो प्रभाव पर्नेछ यसप्रकार रहेको छ । सुर्यको राशि परिवर्तनले यी ९ राशिलाई हुनेछ फाईदा:

१. मेष:

सूर्यको मकर राशिबाट कुम्भ राशिमा परिवर्तन हुनु मेष राशि हुनेहरुको लागी शुभ रहनेछ । लामो समयदेखी कुनै इच्छा यदि तपाइको पुरा भएको छैन भने सुर्यको यस परिवर्तनबाट सफल प्राप्त हुनेछ । धन लाभको धेरै मौका आउनेछ । परिवारमा सुख-समृद्धि बनी रहनेछ ।

२. वृष:

यो राशि हुनेहरुको लागी यो परिवर्तन आर्थिक लाभ लिएर आउनेछ । जीवन साथीको भरपूर साथ मिल्नेछ। जागीरमा आईरहेको समस्या समाप्त हुनेछ । स्वास्थ्यको मामलामा यो महिना तपाइको लागी राम्रो रहनेछ ।

३. कन्या:

सू्र्यको प्रभाव कन्या राशि हुनेहरुमा अधिक रहनेछ । अधिक परिश्रमपछि तपाइलाई उत्तम फल प्राप्त हुनेछ। ठुलो लक्ष्य प्राप्त गर्नुहुनेछ। रोकिएका काम पूरा हुनेछ । कुनै नयाँ प्रोजेक्टमा सफलता प्राप्त हुन सक्छ । यस समयमा स्वास्थ्यको लापरवाही नगर्नुहोला

४. तुला:

तुला राशि हुनेहरुको लागी यो परिवर्तन शुभ रहनेछ। सूर्यको प्रभावबाट आर्थिक लाभ मिल्न सक्ने सम्भावना रहेको छ । आम्दानीमा वृद्धि हुनेछ । जागीर होस या व्यवसाय प्रगति हुने प्रबल सम्भावना रहेको छ। तपाईद्वारा गरिएको कामलाई सबैले सम्मान गर्नेछ । जीवनसाथी र मित्रको सहयोग प्राप्त हुनेछ ।

५. वृश्चिक:

यस राशि भएका व्यक्तिहरुको लागी यो परिवर्तन राम्रो रहनेछ। सामाजिक कार्यमा व्यस्त रहनु हुनेछ । सूर्यको यस गोचर वृश्चिक राशि हुनेहरुको लागी राम्रो साबित हुनेछ ।

६. धनु:

सूर्यको प्रभावबाट धनु राशि भएकाहरुको मान-सम्मान बढ्नेछ। कतैबाट तपाइको रोकिएको पैसा प्राप्त हुन सक्छ । यस समयमा कुनै वादविवादमा पर्न सक्नुहुनेछ ।

७. मकर:

आर्थिक रुपले मकर राशि हुने व्यक्तिहरु बलियो हुनेछन् । आशा गरेभन्दा धेरै कुनै व्यवसायमा लाभ मिल्ने सम्भावना रहेको छ । पैतृक सम्पतिबाट तपाइलाई लाभ मिल्न सक्छ । आफ्नो नयाँ योजनामा सफल भईनेछ । व्यापारको मामलामा सफलता मिल्नेछ ।

८. कुम्भ:

सूर्य तपाइको राशिमा परिवर्तन हुनाले कैयौ शुभ फल प्राप्त हुनेछ । जागिरमा आएको बाधा टाढा हुनेछ । व्यापारको मामलामा कुनै नयाँ रणनीति बनाउन सक्नुहुनेछ, जसको शुभ असर देखिनेछ । सामाजिक जीवनमा सक्रिय रहनु हुनेछ । तनावबाट टाढा रहनुहोस।

९. मीन:

यस राशि भएकाहरुको लागी सूर्यको कुम्भमा प्रवेश मंगलकारी रहनेछ। जागिर र पेशाबाट व्यक्तिको लागी कुनै शुभ समाचार प्राप्त हुनसक्छ । प्रमोशनको रुपमा या नयाँ जागिर पनि प्रात हुनसक्छ । सन्तानको तर्फबाट प्रेम प्राप्त हुनसक्ने प्रबल सम्भावना रहेको छ । सुर्यको राशि परिवर्तनले यी ३ राशिलाई हुनेछ नोक्सान:

१0.मिथुन:

सूर्यको प्रभावले मिथुन राशि हुनेहरु लामो समयको लागी विदेश यात्रामा जान सक्छन् । सामाजिक र धार्मिक कार्यमा भाग लिने मौका मिल्नेछ । यस गोचरबाट केही नकारात्मक प्रभाव पनि देख्न सकिनेछ जस्तै कुनै कानूनी मामलामा फस्न सकिनेछ । धोखेबाज व्यक्तिहरुबाट बच्नुहोला। धन हानि हुने सम्भावना रहेको छ र परिवारमा पितासँग विवाद हुने आशंका रहेको छ ।

११.कर्कट:

कर्कट राशिका व्यक्तिहरुले बाधाहरुको सामना गर्न पर्नेछ । सूर्यको कुम्भ राशिमा परिवर्तनबाट आर्थिक नोक्सान हुने प्रबल सम्भावना रहेको छ। खर्च बढ्नाले तपाइको शान्ति भंग हुन सक्छ। सम्मानलाई चोट पुग्न सक्छ । यस समयमा कुनै गैरकानूनी कामबाट टाढा रहनुहोला ।

१२.सिंह:

सिंह राशि हुनेहरुको लागी सूर्यको राशि परिवर्तन अशुभ साबित हुनेछ। व्यवसाय गर्नेहरुको लागी हानिको सम्भावना रहेको छ भने जागीर गर्नेहरु भने विवादमा फस्न सक्नुहुनेछ, त्यसैले सावधानी अपनाउन जरुरी रहेको छ । वैवाहिक जीवनमा विवाद पैदा हुनसक्छ । ( ओएस नेपालबाट)

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *