महाँशिवरात्री भाङधतुर खाने पर्व मात्र नभएर यस्ता अचम्मैका धार्मिक कुराहरु गासिएका छन

शिव रात्रिलाई गाँजा भाङ र धतुरो खाने पर्वको रुपमा मात्रै पछिल्लो समय मान्ने गरिएको छ । यो एक गलत प्रवृत्ति हो । यो पर्वको महत्व धार्मिक रुपले एकदमै बढी रहेको छ । तर, हाम्रो समाजमा भने गाँजा भाङ खाने र बाटो छेकेर पैसा लिने प्रवृत्तिमात्रै बढी हुने गरेको छ । के छ त वास्तवमा शिवरात्रीको महत्व ?

शिवरा‍त्रि फाल्गुन कृष्ण चतुर्दशीको दिन मनाउने गरिन्छ । शिवजी यस चतुर्दशीको स्वामी हुन् । यस दिन चन्द्रमा सूर्यको अधिक निकट हुने मानिएको छ। समस्त भूतहरुको अस्तित्व मेटेर परमात्मा शिव सँग आत्म साधन गर्ने रात हो शिवरात्रि । यस दिन जीवरूपी चन्द्रमाको परमात्मारूपी सूर्यको साथ योग रहने गर्दछ । त्यसकारण शिवरा‍त्रिको दिन मानिसहरु ब्रत समेत बस्ने गर्दछन् ।

शिवलार्इ कल्याणका देवता मान्ने गरिएको छ । सृष्टि निर्माणमा एक शक्ति तीन रूपमा आफ्नो कार्य सम्पादन गर्ने मध्येका एक हुन् शिव । ब्रह्मा सृष्टिको निर्माण गर्दछन् भने विष्णु पालन-पोषण गर्दछन् । शिव संहार गर्दछन् । अर्थात् निर्माणबाट नाशसम्म जगतको चक्र परम सत्ताद्वारा निरन्तर प्रकृतिमा चलिरहेको हुन्छ। वेदमा प्रकृतिको उपदानको उपासना गरिएको छ । हरेक उपादानलार्इ देवताको रूप मानिने गरिएको छ । यही प्रकृति-विज्ञानको सारा प्रपञ्च बडो रहस्यमयी बनेको छ । जसमा समझना सामान्यजनको लागि कठिन बनेको छ । अनादिकालदेखि नै ऋषिहरुले यस रहस्यको मनन-चिन्तनद्वारा अनुसन्धान समेत गर्ने प्रयत्न गरेका छन् ।

वृषभ : शिव का वाहन
वृषभ शिवको वाहन हो। उ सधै‌भरी शिवकै साथमा देखिन्छ । वृषभको अर्थ हो धर्म। मनुस्मृतिका अनुसार ‘वृषो हि भगवान धर्म:’। वेदले धर्मलार्इ चार खुट्टावाला प्राणी भनेका छन् । त्यसमा चार खुट्टा भनेको धर्म, अर्थ, काम र मोक्ष हो। महादेव यस चार खुट्टावाला वृषभको सवारी गर्दछन् । यानी धर्म, अर्थ, काम तथा मोक्ष उनको अधिनमा रहेको छ । वृषभको एक अर्थ वीर्य तथा शक्ति समेत हो । अथर्ववेदमा वृषभको पृथ्वीमाथि धारक, पोषक, उत्पादक आदि नामले समेत चिन्ने गरिएको छ । यही धातुले वर्षा, सृष्टि आदि शब्द बनेको छ ।

शिव अन्तरिक्षका देवता हुन्। उनको नाम व्योमकेश हो । अत: आकाश उनको जटास्वरूप हो। जटामा वायुमण्डलको प्रतीक पाइन्छ । वायु आकाशमा व्याप्त रहेको हुन्छ । सूर्यमण्डलबाट माथि परमेष्ठि मण्डल रहेको छ । यसको अर्थतत्वलार्इ गंगाको संज्ञा दिर्इएको छ । अत: गंगा शिवको जटामा प्रवाहित रहेकी छिन् । शिव रुद्रस्वरूप उग्र तथा संहारक रूपको धारक समेत मानिएको छ ।

गंगा तथा चन्द्रमा
यस उग्रताको निवास मस्तिष्कमा हुन्छ । यसका कारण शान्तिको प्रतीक गंगा तथा अर्द्धचन्द्र शिवको शिरमाथि विराजमान रहेर उनकफ उग्र वृत्तिलार्इ शान्त-शीतल राखेका हुन्छन् । दोस्रो, विषपानको कारण यो जो नीलकण्ठ बन्न पुगे । उसको जलनलार्इ शान्त गर्नको लागि गंगा तथा चन्द्रमा उत्पत्ति भएका हुन् । चन्द्रमा मनको प्रतीक हो । शिवको मन भोला, निर्मल, पवित्र तथा सशक्त छ । उनका विवेक सदा जाग्रत रहेको छ । उनको मस्तिष्कमा कहिलै पनि अविवेकपूर्ण विचार आउँदैन । शिवलार्इ चन्द्र जस्तै स्वच्छ तथा उज्ज्वल मान्ने गरिएको छ ।

तीन आँखा
शिवलार्इ त्रिलोचन पनि भन्ने गरिएको छ । भनिन्छ उनको ३ वटा आखाँ छ । वेदानुसार सूर्य तथा चन्द्र विराट पुरुषको नेत्र हो । अग्नि शिवको तेस्रो नेत्र हो जुन् यज्ञाग्निको प्रतीक हो । सूर्य बुद्धिको अधिदेवता हुन् । यही ज्ञान नेत्र या अग्निबाट नै उनले कामदेवलार्इ भस्म गरार्इदिएका छन् । शिवको यो तीन नेत्र सत्व, रज, तम- तीन गुण, भूत, भविष्य, वर्तमान- तीन काल तथा स्वर्ग, मृत्यु, पाताल- तीन लोकको प्रतीकसमेत मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *