मेनु

गोदावरीधाममा १२ राशि दर्शन मकरमेला आयोजना

सुदुर खबर, कैलाली, पुस २९ । सुदूरपश्चिमको प्रशिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा शुरु हुने बाह्रराशी दर्शन मकर मेला २०७३ को आज उद्घाटन गरिएको छ । धामका संयोजक पदमराज जोशिको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथी पूर्व संचार राज्यमन्त्री पुस्कर नाथ ओझा रहनु भएको थियो ।

यस्तै बिशिष्ट अतिथिमा १ हजार ८ स्वामि देवराज आर्चाय, कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल रहनुभएको थियो । प्रमुख अथिति ओझाले पानसमा बत्ति बालेर बाह्रराशी दर्शन मकर मेलाको उद्घाटन गर्नुभएको हो ।

मकर संक्रान्तिका अवसरमा माघ १ अर्थात भोलि देखि १२ गते सम्म बाह्र राशी दर्शन मकर मेला आयोजना गर्न लागीएको हो ।

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुरुप महाकुम्भ पछि मकर मेला आयोजना गरीएको धामका संयोजक पदमराज जोशीले जानकारी दिनुभयो ।

यसका लागि गोदावरी धाममा बाह्रराशीको स्थापना गर्ने, प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन एवं पूजाको व्यवस्था मिलाउने, त्यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्था गर्ने तयारी गरिएको छ । त्यस्तै मेलामा लक्ष्यहवन तथा श्रीमद् भागवत महापुराणको समेत आयोजना गरिने छ ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, संसंस्थाका प्रतिनिधि लगाएत सनातन धर्मका सन्त महन्तहरुको सहभागिता रहेको थियो । मेलामा आउने भक्तजनका लागी ट्राफिक व्यवस्थापन, सुरक्षा लगायतका विषयमा विभिन्न उपसमिति गठन गरेर तयारी थालिएको आयोजक समितिले जनाएको छ ।

यसैबीच डडेल्धुराको भित्री मधेशमा रहेको प्रशिद्घ धार्मीक स्थल परशुराम क्षेत्रमा मकर संक्रान्ति मेला आज राती लाग्दैछ ।

स्कन्द पुराणको मानस खण्डमा उल्लेख गरीए अनुसार मकर संक्रान्तिका दिन भगवान परशुरामको तपोभुमी महाकाली नदिमा स्नान गरेमा गंगा स्नान गरेभन्दा १० गुणा बढि धर्म हुने बिश्वास रहिआएको छ ।

स्नान गर्न आउने भक्तजनहरुलाई हिन्दु स्वयम सेवक संघले आज राती पुरी तरकारी खुवाउने र भोली खिचडि खुवाउने कार्यक्रमरहेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष कैलाश कुमार पाण्डेले बताउनु भयो ।

माघिका अवसरमा घ्यु, तिलको लड्डु, तरुल, पिडालु आदि खानाले शरीरमा रोग ब्याधी नलाग्ने बिश्वास रहेकाले हिन्दु स्वयम सेवकले पुरी तरकारी खिचडि खुवाउने कार्यक्रम राखेको पाण्डेले बताउनु भयो । जिल्लाका बिभिन्न क्षेत्रबाट देवी देउताका देउरा आउने र दैवी शक्ति देखाउने छन् । मकर संक्रान्तिका दिन सुदूरपश्चिमका प्राय सबै जिल्ला र छिमेकी देश भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।