धनगढीमा नयाँ बर्ष बिशेष साँस्कृतिक धमाका २०७५ हुने

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार ०६:४२

निराजन परियार/ सुदुर खबर
नयाँ बर्ष २०७५ बिशेष साँस्कृतिक धमाका कार्यक्रम धनगढीको साथी होटेलमा हुने भएको छ ।
मिस्टर सुदूरपश्चिम टुरिजम नेपालको आयोजनामा यो कार्यक्रम हुने भएको हो । नयाँ बर्ष २०७५ साललाई स्वागत गर्नका लागि यहि चैत ३० गते साँझ ७ बजेबाट राती १२ बजे सम्म कार्यक्रम हुने मिस्टर सुदूरपश्चिम टुरिजम नेपालका संयोजक दिपेन्द्र चन्दले जानकारी दिनुभयो ।

 वल्ड हिप च्यायम्पीयनसिपमा प्रतिनीधित्व गरिरहेका स्टेपअफ डान्स एकेडेमीका कलाकाकारहरुको पनि बिशेष प्रस्तुती रहने आयोजक दिपेन्द्र चन्दले बताउनुभयो ।  उहाँले कार्यक्रममा बिभिन्न कलाकारहरुबाट बिधिन्न बिद्याका कला संस्कृति झल्कने प्रस्तुति र फेसन सो समेत रहने बताउनुभयो । कार्यक्रमको लागि तयारी तिब्र रुपमा अगाडी बढीरहेको पनि संयोजक चन्दले जानकारी दिनुभयो । उहाँले कार्यक्रमका लागि टिकट समेत खुल्ला गरि सकेकोले कार्यक्रममा आएर सहयोग गरिदिन आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*