ताजा खबर

दलितभित्रको विभेदले दलित नै अन्यायमा

प्रकाशित मिति: December 27, 2016

loading...


जुम्ला, १२ पुस । हाकु गाविसका एक परियार थरका दलित दलितभित्रकै विभेदले अन्यायमा परेका छन् ।
विभेदका कारण यसरी अन्यायमा पर्ने हाकु– ८ हाकु गाउँकै ४१ वर्षीय रामलाल परियार हुन् । उनी सार्की थरका दलितबाट अन्यायमा पर्नुभएको हो । परियारको परिवारमा पाँच जना छन् ।

दलितभित्र हुने बिहेबारी, भोजभतेर र सार्वजनिक कामकाजमा सहभागी हुन आफूलाई सामाजिक रुपमा बहिष्कार गरिएको पीडित परियारले बताउनुभयो । उहाँले हाकु गाविसमै भएको एक सार्वजनिक कार्यक्रममा सार्की थरका दलित अगुवाद्वारा आफूलाई सामाजिक काममा सहभागी हुन, खान, बस्न र अन्य कार्य गर्न वञ्चित गरिएको पीडा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “जातीय विभेद गर्नुहुन्न, छुवाछुतको भावनाको अन्त्य गर्नुपर्छ भन्ने कार्यक्रम ल्याउने दलित अगुवाले नै आफ्ना छोराको बिहेमा भतेर छोएको भन्दै दुव्र्यवहार गर्नुभयो ।” उनीविरुद्ध आफूले दलित सेवा सङ्घ र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरी चौकीमा मिलाउन जिम्मा दिइयो तर समस्या नसुल्झेर आफू पीडामा परेको उहाँले बताउनुभयो ।

चौँतिस घरधुरी सार्कीका अघि आफ्नो एक घरधुरी भएको बताउने परियार अहिले पनि न्यायको खोजीमा भौँतारिरहनु भएको छ । अब आफ्नो मानवाधिकारको रक्षा र न्याय प्राप्तिका निम्ति राष्ट्रिय मानवअधिकार आयोग, अदालत र प्रशासन धाउने उहाँले जानकारी दिनुभयो ।

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np