ताजा खबर

चार वर्षको छोरो दाम्लोमा, आमा होटलको काममा (भिडियोसहित)

प्रकाशित मिति: December 28, 2016

loading...


पर्वत, पुस १३ । एक चार वर्षका बालक । खोरमा । त्यो पनि दाम्लोले बाँधिएको । झट्ट सुन्दा पनि आङ नै सिरिङ्ग हुने । झैन आफ्नै आँखाले देख्दा कसको मन नरोला र ? यो दुर्दशा हो पर्वत सदरमुकाम कुश्मा बजारका एक बालकको । तर आफैले जन्माएको छोरालाई दाम्लोले बाँधेर खोरमा राख्नु एउटी आमाको विवशता पनि हो । छोरालाई दाम्लोले बाँधेर आफू चाही होटलको काम गर्न आमा बाध्य हुनुहुन्छ ।

पर्वत कुश्मा नगरपालिका दुर्लुङकी अस्मिता बिक चार वर्षको छोरा विश्वास बिकलाई खोरमा दाम्लोले बाँधेर कुश्मा बजारको होटल सन्तोष एण्ड सञ्जयमा काम गर्दै आउनुभएको छ ।

balak-2झण्डै १ वर्ष अघिदेखि होटलमा काम गर्न थाल्नुभएकी बिकले छोराले आफूलाई सहज रुपमा काम गर्न नदिएपछि खोर भित्र डोरीले बाँधेर काम गर्दै आउनुभएको बताउनुभयो । ‘काम नगरी खानपाउनु छैन’ उहाँले भन्नुभयो ‘छोड्यो भने हिँडेको हिँडै गर्छ, त्यही भएर डोरीले बाँधेर राखेकी हुँ ।’

काम नगरे हातमुख जोड्न धौ धौ हुने उहाँको श्रीमानसहित तीन जनाको परिवार छ । श्रीमान पनि मजदुरी गर्नुहुन्छ । उहाँ दिनभर ट्याक्टर चलाउने काममा व्यस्त हुने र छोरालाई रेखदेख गर्ने व्यक्ति नभएकोले आफुले होटलमा नै डोरीले बाँधेर काम गर्नु पर्ने अवस्था आएको अस्मिताले बताउनुभयो ।

डोरीमा बाँधिएका चार वर्षका बालक विश्वास खोर भित्रै रुने कराउने गर्छन् । होटलको काममा व्यस्त आमा बेलाबखत छोरालाई स्यहारका लागि पुग्ने गरे पनि बिहानदेखि लगाएको दाम्लोबाट विश्वासले बेलुका घर फर्किने बेलासम्म पनि छुटकारा पाउँदैनन् । विश्वासको कहिले खुट्टामा त कहिले हातमा दाम्लोले बाँधिएको हुन्छ । उनले दाम्लो फुकाउने प्रयास गरे पनि फुकाउन भने सक्दैनन् ।

विश्वासकी आमा अस्मिताले उनलाई दाम्लोमा बाँधेर काममा जाने बित्तिकै ‘आमा बाबा’ भन्दै रुने कराउने गर्छन विश्वास । पर्वतमा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकायदेखि गैरसरकारी संघसंस्था समेत छन् । तर दाम्लोमा बालक रोएको सुन्ने कोही छैन । विश्वास जस्ता बालकको पीडा उनीहरुको नजरमा पर्न सकेको छैन ।

भिडियो :

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np