ताजा खबर

आमा आईसियुमा, बुबा प्रहरी हिरासतमा, चार महिने छोरीलाई कसरी बचाउन ?

प्रकाशित मिति: December 30, 2016

loading...


उदयपुर, पुस १५ ।  दुई हप्ता अघि श्रीमानको कुटाइबाट सिकिस्त बिरामी भएकी उदयपुरकी सरिता मोतेका नाबालक छोराछोरी बिचल्लीमा परेका छन् । उदयपुरको भलायडाँडा– ३ कि सरितालाई श्रीमान जीवनले पुस १ गते कुटपिट गरेपछि उनी अस्पताल भर्ना भइन् । श्रीमानलाई प्रहरीले पक्रियो । आमा अस्पताल भर्ना र बुबा प्रहरी हिरासतमा भएपछि उनीहरुका तीन छोराछोरीको बिचल्ली भएको छ ।

 dalitश्रीमानको कुटाइबाट घाईते बनेकी सरिताको अहिले विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । बिरामी कुरुवा बस्न सासु ससुरा विराटनगर गएपछि ४ महिनाको नाबालिको शिसुसहित २ बालकहरु बिचल्लीमा परेको छिमेकी वोधकुमार घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘बच्चाको आमा आइसियूमा, गँजेडी बाबुलाई प्रहरीले पक्रेर लग्यो यहाँ बालबच्चा छिमेकीको भरमा’सरिताका चार र दुई बर्षका छोराहरु र चार महिनाकी एक नाबालक छोरीको हेरचाह गर्ने मान्छे कोही नभएको भन्दै घिमिरेले भन्नुभयो ‘ठूला नानीहरु त जसो तसो बाँच्थे तर सानो नाबालिका नानीलाई बचाउन मुस्किल पर्ने भयो ।’

bachha-ko-bijog

श्रीमतीलाई कुटपिट गर्ने जीवनलाई प्रहरीले मंगलबार पक्राउ गरी हिरासतमा राखेको छ । गाँजा खाएर लठ्ठिएका जीवनले सरितालाई दाउराले टाउको हानेर बेहोस बनाएका थिए । उनको अहिलेसम्म होस आएको छैन ।
icu-biramiआर्थिक अवस्था कमजोर रहेका सरिताका ससुरा होमबहादुरले घरजग्गा समेत तीन लाख रुपैयाँमा बिक्री सरिताको उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएपछि मोते परिवार आर्थिक संकटमा परेका छ । आर्थिक समस्याको बारे बुवा होमबहादुरले भन्नुभयो, ‘घरजग्गा सक्दा पनि बुहारीको होस आएको छैन, डाक्टरले अझै पैसा लाग्छ भनेको छ ।’

-उज्यालो अनलाइनबाट

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np