ताजा खबर

कुलमान भन्छन्- अब लोडसेडिङ तालिका आउँदैन्, बरु जेल जान्छु तर जनतालाई बिजुली दिन्छु

प्रकाशित मिति: November 12, 2016

loading...


काठमाडौं, २७ कात्तिक । नेपाल विद्युत प्राधिकरणमा प्रमुख कुलमान घिसिङले अब लोडसेडिङको तालिका नआउने घोषणा गरेका छन् ।

काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएर चर्चामा आएका घिसिङले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पत्रकार नारायण पौडेलसँगको कुराकानीमा भने– ‘लोडसेडिङ तालिका अब आउदैन । तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने ? अब लोडसेडिङ हुनै नदिने ।’

घिसिङले उर्जा मन्त्रालयबाट नागरिकताको आधारमा मिटर–बक्स जोडि दिने निर्णय गराएको कुरा सार्वजनिक गर्दै भने– ‘घर बनाउन दिने, मिटर–बक्स नदिएर अध्याँरोमा राख्ने ? यो मिल्दैन । मिटर–बक्स दिन्छौँ, बरु त्यसबापत जेल जान परे पनि जान्छौँ ।’

हिउँदमा केही मात्रामा लोडसेडिङ हुनसक्ने भन्दै उनले भने– ‘जाडोको चिन्ता हो । पिक आवरमा उद्योग नचलाएमा लोडसेडिङ हुँदैन । जेठपछि त लोडसेडिङ हुँदैन भनेर लेखेर दिन्छु, परीक्षणमा भएकाले अहिले चाहीं मुखले मात्र भन्छु ।’

उनले लोडसेडिङसँगै विद्युत प्राधिकरणबाट दिइने सेवालाई पनि चुस्त बताउने बताए । ‘अब विद्युत महसुल बुझाउँदा लाइन बस्नुपर्दैन् । सबै कुरा सिस्टममा हुन्छ । ग्राहकलाई कसरी छिटो, छरितो सेवा दिन सकिन्छ हामी त्यसमा केन्द्रीत छौं,’ उनले भने ।

हेर्नुस् भिडियोः

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np