ताजा खबर

बाजुराका दुई गाविसमा गरिबसँग विवेश्वर कार्यक्रम सुरु

प्रकाशित मिति: January 7, 2017

loading...


बाजुरा, पुस २३ । जिल्ला विकास समिति बाजुराले दुई गाविसमा गरिबसँग विवेश्वर कार्यक्रम सुरु गरेको छ । अति विपन्न र गरिबीको रेखामुनि रहेका गाविसमा कार्यक्रम सुरु गरिएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताए ।

उनका अनुसार विपन्न गाविसमा रहेका समुदायको क्षमता अभिवृद्धि र उनीहरुको जीवनशैलीमा परिवर्तन गर्नका लागि सो कार्यक्रम लागू भएको हो ।

कार्यक्रम उत्तरी भेगको बाँधु गाविस र दक्षिणी भेगको जयवागेश्वरी गाविसमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम सञ्चालनका लागि चालु आवका लागि छ लाख ३० हजार रुपैयाँ खर्च गरिने भएको छ ।

कार्यक्रम लागू भएका गाविसमा सहकारीमा माध्यमबाट बचत गर्न बानीको विकास गर्नु, सहकारी स्थापना गर्न उत्प्रेरित गर्नु, ऋण अनुदान उपलब्ध गराउनु र क्षमता अभिवृद्धि गर्नु सो कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम अधिकृत चक्रराज जोशीले जानकारी दिएका छन् । –सेतोपाटी

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np