ताजा खबर

धनगढी प्रिमियर लिगका लागि खेलाडिको अक्सन सार्वजनिक

प्रकाशित मिति: January 7, 2017

loading...


सुदूर खबर, पुस २३ । धनगढी प्रिमियर लिगका लागि भएको अक्सनमा चार क्रिकेटरमाथि एक लाख बोली लागेको छ । राष्ट्रिय टोलीका सोमपाल कामी, करण केसी, सागर पुनसँगै मेहबुब आलमलाई क्लबहरुले एक लाखको भाउ लगाएका हुन् ।

सागर पुनलाई कञ्चनपुर आइकोनिकले अनुवन्धित गरेको छ भने मेहबुब आलम र करण केसीलाई सीबाईसी अत्तरिया र सोमपाल कामीलाई काठमाडौं गोल्डेन्सले अनुवन्धित गरेको छ ।

छवटै टिमले सोमपालमाथि एक लाख भाउ लगाएका थिए, तर गोलाप्रथाबाट काठमाडौंले बाजी मारेको छ ।

नेपाल क्रिकेट प्लेयर्स एशोसिएनसँगको सहकार्यमा भएको अक्सनमा राष्ट्रिय टोलीका सदस्यलाई न्यूनतम मूल्य ५० हजार र अधिकमत एक लाख तय गरिएको थियो ।

पृथु बास्कोटालाई टिम चौराहाले र प्रदिप ऐरीलाई अत्तरियाले ९० हजारमा अनुवन्धित गरेको छ ।

दिपेन्द्र सिंह ऐरीलाई विराटनगर किङ्ग्सले ८० हजारमा अनुवन्धित गरेको छ । यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका उनलाई पनि छवटै टोलीले अधिकतम ८० हजार भाउ लगाएका थिए । तर, गोलाप्रथामा विराटनगर जित्यो ।

विक्रम शोबलाई रुपेन्देही च्यालेन्जर्सले, सुवास खकुरेललाई बिराटनगर, सन्दिप सुनारलाई सीबाईसी अत्तरिया, आरिफ शेखलाई टिम चौराहा, अभिनाष कर्ण र सुनिल धमलालाई कञ्चनपुर आइकोन र भुवन कार्कीलाई काठमाडौं गोल्डेन्सले समान ८०र८० हजारमा अनुवन्धित गरेको छ ।dpl

राजु रिजाल र प्रेम तामाङलाई लाई टिम चौराहा धनगढीले समान ७० हजार भाउ लगाएको छ । सन्दिप लामिछानेलाई विराटनगर नै ६० हजारमा अनुवन्धित गरेको छ । जबकी उनको अधिकतम ८० हजारसम्म थियो ।

अत्तरियाको कप्तान ज्ञानेन्द्र मल्ल, विराटनगरको शरद भेषावकर, काठमाडौंको बसन्त रेग्मी, रुपन्देहीको शक्ति गौचन, कञ्चनपुरको विनोद भण्डारी र धनगढीको पारस खड्का कप्तान छन् । र, उनीहरुले समान १ लाख ५० हजार पारिश्रमिक पाउनेछन् ।

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np