ताजा खबर

माघ १ गते, एउटा टुडिखेलमा दुर्इवटा माघि हुने

प्रकाशित मिति: January 8, 2017

loading...


काठमाडौं, पुस २४ गते । काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्ष पनि माघ १ गते काठमाडौंको टुँडीखेलमा भव्य माघी महोत्सव २०७३ आयोजना गर्ने भएका छन्। यसअघि काठमाडौंमा एक ठाउँमा माघी महोत्सव मनाइदै आएको भए पनि गत साल २०७२ देखि काठमाडौंमा दुई ठाउँमा माघी महोत्सव हुँदैआएको छ। यस वर्ष टुँडीखेलमै दुईवटा थारु माघी महोत्सव हुने छ।

गतवर्ष एउटा माघी महोत्सव खुलामञ्चमा थियो भने अर्को महोत्सव दशरथ रंगशालामा थियो। थारु कल्याणकारिणीसभा उपत्यका समितिको संयोजकत्वमा हुने राष्ट्रिय माघी महोत्सवको उद्घाटन उपप्रधानमन्त्री निधीले गर्ने हुनुभएको छ भने थारु विद्यार्थी समाजको संयोजकत्वमा हुने थारु राष्ट्रिय माघी महोत्सव २०७३ को उद्घाटन सभामुख ओनसरी घर्तीमगरले गर्ने बताइएको छ।

कल्याणकारिणीसभा उपत्यका समितिका संयोजक सुमन चौधरीले गर्नुभएको छ। त्यसैगरी विद्यार्थी महोत्सवको संयोजक विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले गर्नुभएको छ। दुवै पक्षकाले करिब ९० प्रतिशत तयारी पूरा भएको बताएका छन् ।

विद्यार्थीका संयोजक चौधरीका अनुसार महोत्सवमा कुल ८० वटा स्टल रहनेछन्। शुक्रबारसम्म ७० वटा स्टल बुकिङ भैसकेको छ। तर यता सभाका संयोजक चौधरीका अनुसार २७ गते माघीबारे पत्रकार सम्मेलन गर्ने, २९ गते मोटरसाईकल र्याली गर्ने र १ गते महोत्सवको उद्घाटन गर्ने तयारी छ। दुवै पक्षको महोत्सव एकै प्राङ्गणमा हुने भएपछि अवलोकनकर्तालाई समेत सहज हुनेदेखिएको छ । महोत्सव एकै ठाउँमा गर्न दवाव दिइएको भएपनि आयोजकको मनमुटाव र तिक्तताकाकारण दुई ठाउँमा हुने निश्चित भएको छ।

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np