ताजा खबर

आजको रासिफल – बि.स.२०७३ पौष २५ गते । सोमबार । ईश्वी सन् २०१७ जनवरी ०९ तारिख । नेपाल सम्बत् १९३७ ।

प्रकाशित मिति: January 8, 2017

loading...


बि.स.२०७३ पौष २५ गते । सोमबार । ईश्वी सन् २०१७ जनवरी ०९ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८ । पौष शुक्ल पक्ष । तिथि दुवादशि,४२ घडि १९ पला । नक्षत्र कृतिका ३ घडि १२ पला बिहान ०८ बजेर २४ मिनेट उप्रान्त रोहिणि । काठमाडौंमा सूर्योदय ०६ बजेर ५८ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर २४ मिनेट जादा । दिनमान २६ घडी ०६ पला । चन्द्ररासि बृष ।

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ) सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । गित संगित तथा मोडलिङ पेशा ब्याबसाय अगाल्नेहरुले आजको दिन मनग्गे आम्दानि गर्न सक्नेछन् । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ ।
शुभ अंक — १,५ शुभ दिशा —पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ अं अगाराकाय नम

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा) समय र परिस्थितिको राम्रो सँग अध्ययन तथा बिश्लेषण गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । ब्यापार ब्याबसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुँनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला ।
शुभ अंक — २,५ शुभ दिशा — उत्तर
शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट प्रसस्त आम्दानि हुँनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।
शुभ अंक — ३,४ शुभ दिशा — दक्षिण
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ भद्रकालि नम

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छा,आकाक्षा तथा मनोकामना हरु पुरा हुने समय रहेको छ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको ब्याबसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ ।
शुभ अंक —५,८ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ गंगाधराय नम

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रो सँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत ब्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् भने ति निर्णयहरुको सर्बत्र आलोचना हुनेछ । आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । बिद्या तथा प्रतिश्पर्धामा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । समाजमा सर्बसाधारणको काम गर्दा गर्दै पनि बिपक्षीहरुले भ्रम सिर्जना गरेर तपाईको साख गिराउँन लागि पर्नेछन् । बिशिष्ट ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु निअर्थक हनेछन् । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ ।
शुभ अंक —५,६ शुभ दिशा — पश्चिम
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ अनिश्वराय नम

कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पा) पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।
शुभ अंक —६,७ शुभ दिशा — पश्चिम
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बलप्रदाय नम

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,त) हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सुरक्षित रहनेछ ।
शुभ अंक — ३,४ शुभ दिशा — दक्षिण
शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र —ॐ सर्वबिद्याय नम

बृश्चिक (तो, ना, नी, नू ,ने,नो, या,यी, यू) घर परिवारमा आउँने दैनिक समस्याले सताउँनेछ भने कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउँने हुनाले खानपानमा तथा अन्य कुराहरुमा ध्यान दिनुहोला । अन्यत्र नै ध्यान मोडिने हुँनाले पढाई लेखाईमा सफलता प्राप्त गर्न निकै नै समय दिनु पर्नेछ । साझेदारि ब्याबसायमा हात नहाल्नु होला समय ठिक नभएकोले घाटा लाग्न सक्छ । यात्रा गर्दा होस पु¥याउनु होला गन्तब्यमा पुग्नको लागि बाटामा बिभिन्न समस्या आउन सक्छन् ।
शुभ अंक — ४,५ शुभ दिशा —उत्तर
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ श्रीं मंगलाय नम

धनु (ये, यो,भा, भी,भू ,ध, फा,ढा,भे) सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुने छैनन् । निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहने छ ।
शुभ अंक —१,९ शुभ दिशा — पश्चिम
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ गुरुवे नम

मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी) अध्ययन तथा अध्यापनमा राम्रो उपलब्धि हासिल हँुनेछ भने शिक्षा क्षेत्रमा गरेको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । तपाईले शुरु गरेको काममा परिवार तथा आत्मिय मित्रहरुको आर्थिक तथा नैतिक समर्थन रहनेछ । सन्तानको माध्ययम बाट काम बन्ने तथा ब्यापार ब्याबसायमा लगानि बडाई भनेजस्तो प्रतिफल प्राप्त गर्ने समय रहेको छ । अचानक आउँने प्रेम प्रस्ताबलाई स्वीकार गर्दा फाईदा होला । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने स्वास्थ्यमा केहि समस्या आउन सक्ने हुँनाले खानपानमा बिशेष ध्यान दिनुहोला ।
शुभ अंक — १,४ शुभ दिशा — पश्चिम
शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) आफन्त तथा साथिभाई सँग मनमुटाब बढ्ने हुँदा काममा प्रत्यक्ष असर पर्नेछ । घर जग्गाको किनबेच तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको पक्षमा सकारात्मक काम गर्दा गर्दै सत्रु तथा बिपक्षहरुबाट आलोचनाको शिकार होईयला । स्वाथ्यमा सामान्य समस्या आउँने तथा छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । कृषि तथा पशुपालन ब्याबसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । पढाई लेखाईमा खासै ध्यान जानेछैन ।
शुभ अंक — २,८ शुभ दिशा — पश्चिम
शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन (दी दू थ झ ञ दे दो चा ची) साथिभाई तथा छिमेकिको भर पर्दा कामहरु बिग्रने तथा आर्थिक ब्यायभार धपिन सक्छ त्यसैले काम आफ्नै नेतृत्वमा सम्पन्न गर्दा आर्थिक ब्याबस्थापनका मुद्दाहरु हल हुनेछन् । बिवादित बिषयहरु उठान नगर्नु होला वादबिवाद तथा मुद्दा मामिला आज तपाईको पक्षमा हुनेछैन । दाजुभाई तथा छिमेकिबाट काममा मिश्रित सहायोग पाईने छ । छोटो दुरिको ब्याबसायिक यात्रा हुँने भएपनि बाटोमा बिभिन्न समस्या तथा चुनौतिहरुको पार गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । समयको महत्व बुझेर काम गन सके अगाडि बढ्न सहज हुँनेछ ।
शुभ अंक —३,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np