ताजा खबर

सहज जित हात पार्दै चेल्सी चौथो चरणमा

प्रकाशित मिति: January 9, 2017

loading...


काठमाडौं, पुस २५ । इङ्ल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफए कपमा चेल्सीले सहज जित हात पारेको छ ।

गएराति भएको खेलमा चेल्सीले तेस्रो श्रेणीको क्लब पिटरबोरो युनाईटेडलाई ४–१ ले पराजित गर्‍यो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्राले दुई गोल गरे भने मिची बात्सुई र विलियनले एक–एक गोल गरे ।

जितपछि चेल्सी एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ । एफए कप अन्तर्गत गएराति भएको अर्को खेलमा लिभरपुललाई प्लाईमाउथले गोलरहित बराबरीमा रोकेको छ । बराबरीसँगै लिभरपुलले अब प्लाईमाउथसँग उसैको मैदानमा दोस्रो खेल खेल्नुपर्ने भएको छ ।

गएराति भएको अर्को खेलमा फुलह्यामले कार्डिफ सिटीलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई २–० ले तथा मिडिल्सब्रोले सेफिल्ड वेनस्डेलाई ३–० ले हराएको छ । – ईमेज खबरबाट

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np