ताजा खबर

दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिता आजदेखि त्रिवि खेल मैदानमा हुने

प्रकाशित मिति: January 10, 2017

loading...


काठमाडौं, पुस २६ ।  दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘ए’ मा रहेको पुलिसले आफ्नै समूहको हिमालयन क्रिकेट एकेडेमीसँग खेल्न लागेको हो । खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा हुनेछ । यस्तै अर्को खेलमा समूह ‘बी’ का त्रिभुवन आर्मी क्लबले न्यु राइजिङ स्टार क्लबको सामना गर्नेछ ।

रुस्लान कप क्रिकेट प्रतियोगितामा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पुलिस, हिमालयन एकेडेमी, हिमालयन ह्वाइट हाउस कलेज, पिसी फाइटर, न्यु होराइजन किकेट क्लब भैरहवा, कुलेश्वर क्रिकेट क्लब, नेपाली राइनोज, सशस्त्र प्रहरी बल (एपिएफ) छन् ।

त्यसैगरी समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, न्यु राइजिङ स्टार, खहरी क्रिकेट क्लब धादिङ, रोयल पिसी फाइटर, एसपिए धनगढी, अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज, रुस्लान केसिटिसी र क्यानोन क्रिकेट क्लब छन् ।

प्रतियोगितामा दुवै समूहबाट एक एक टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले दुई लाख रुपैयाँ पाउने छन् । त्यसैगरी सेमिफाइनमा प्रवेश गर्ने दुई टोलीले जनही २५ हजार रुपैयाँ पाउने छ ।

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np