ताजा खबर

विद्युत प्राधिकरणका कर्मचारीः जो काम छाडेर तास खेल्छन्

प्रकाशित मिति: January 10, 2017

loading...


झापा, पुस २६ । गाउँमा विजुली विग्रिएपछि मर्मतका लागि एक जना सेवाग्राहीले विद्युत प्राधिकरण दमकको वितरण शाखाका कार्यालय प्रमुख सुरेन्द्रकुमार शाहलाई फोन गरे । सेवाग्राहीको सबै कुरा सुनिनसक्दै शाहले कार्यालयमा कर्मचारी नभएकाले तत्काल काम गर्न नसकिने बताए ।

taas-kheldai-karmachariशाहको कुरा सुनिकसेपछि सेवाग्राही कार्यालयमै पुगे । जहाँ कार्यालयका तास खेलिरहेका देखे । त्यसपछि उनले स्थानीय सञ्चारकर्मीहरुलाई खबर गरे ।

सञ्चारकर्मीहरुले प्राधिकरण शाखा कार्याल पुगेर कर्मचारीहरुले कार्यालयभित्रै तास खेलिरहेको तस्वीर खिच्दा पनि खेल रोकिएन । कार्यालय प्रमुख शाहले तास खेल्ने कर्मचारीलाई कारबाही गर्ने औसत प्रतिक्रिया दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले पनि तास खेलेको प्रमाण पाइएमा कारबाही गर्ने बताएका छन् । सर्वाजनिक स्थलमा जुवा तास खेल्नेलाई अवस्थाको गम्भीरत हेरेर सार्वजनिक अपराध ऐनअन्तरगत २० हजारदेखि ४८ हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ ।-अनलाइन खबरबाट

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np